मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध तालिम सम्पन्न

42117028_762784404052654_782334482014273536_n

रसुवा । शक्ति समूह नेपालको आयोजनामा शिक्षकहरुका लागि मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध र बालसंरक्षण सम्बन्धी पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम कालिकास्थनमा सम्पन्न भयो ।

लामाे समयदेखि मानव बेचिबखन बिरुद्धकाे अभियानमा लामाे समयदेखि काम गरिरहेकाे सामाजिक संस्था शक्ति समूह नेपाल प्रशिक्षक दिलिप कोईरालाले मानवअधिकारको अवधारणा, राष्टिय तथा अन्तर्राष्टिय दस्तावेज र लैङ्गिक बिभेद तथा घरेलु हिंसा सम्बन्धमा कानुनी अवस्था बारे प्रशिक्षण दिनुभएको थियो ।

काठमाण्डौ तालिम केन्द्रका प्रशिक्षक राजबहादुर गिरीले बालअधिकार सम्बन्धि कानुनी व्यवस्था बाल संरक्षण तथा दुव्र्यवहार बारे सहजिकरण गर्नुभयो । प्रधानाध्यापक तथा सामाजिक शिक्षकहरु गरी २१ जना सहभागी रहेको शक्ति समूह रसुवाका सम्पर्क अधिकृत नोर्साङ तामाङ बताईन् ।

Comments

comments