मानव वेचविखन सम्बन्धी डकुमेन्ट्री प्रदर्शन

नाैकुण्ड
रसुवाको नौकुण्ड गाउँपालिकामा मानव वेचविखन सम्बन्धी जनचेतना मुलक डकुमेन्ट्री प्रदर्शन गरेको छ । १२ औँ मानव वेचविखन विरुद्धको दिवसको अवसरमा गाउँपालिकाले सञ्चालन गरेको कार्यक्रममा बाल विवाह, वेदेशिक रोजगार र नयाँ मुलुकी संहिता विषयमा प्रस्तुत गरेको थियो ।
कार्यक्रममा ७० जनाको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालनका लागि माइती नेपाल र शक्ति समूहले प्राविधिक सहयोग गरेका थिए । मानव बेचविखनको शैली फेरिएका कारण यस बारे आवश्यक जानकारी दिनका लागि अभिमुखीकरण कार्यक्रम गरिएको उपाध्यक्ष सिजना लामाले बताइन् । मानव वेचविखन तथा ओसारपसार सम्बन्धी यो आर्थिक वर्षमा एउटा मुद्दा दर्ता भएको छ ।गत वर्ष पनि एउटा मुद्दा दर्ता भएको जिल्ला अदालत रसुवाले जनाएको छ । मानव वेचविखन सम्बन्धी कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न पाँचवटै गाउँपालिकामा गाउँपालिकामा उपाध्यक्षको नेतृत्वमा समिति निर्माण गरिने छ ।
तस्वीर सिर्जना लामाकाे फेसबुकबाट

Comments

comments