दिपा तामाङ
मामु हजुर सौन्दर्यको खानी,मेरो जीवनको रानी
हजुरबाटै सिकेँ संङ्घर्ष अनि,असल आनीबानी
गर्नुहुन्छ मलाई अपार प्रेम,सोच्नु हुन्न कहिल्यै हानी
क्षमा पाऊँ यदि मैले हजुुरलाई,रुवाएको छु भने जानीजानी ।
बनाउन मेरो मनपर्ने खाना,गर्नुहुन्न कहिल्यै बहना
म ठूलो मान्छे बनेको देख्ने,हजुरको एउटै चहाना
याद आउँछ हजुरको न्यानो काख र अङ्गालो,अनि चुम्बन
अरुको मामु देख्दा याद आउछ हजुरको,अनि रुन्छ मेरो मन ।
हजुरको सुरक्षाको लागि सधैँ गर्छु,प्रभूसँग प्रार्थना
हजुरमा सदा खुशी देख्न,गर्दैछु मामु म साधना
गर्नुभाछ हजुरले मेरो लागि तन,मन र धन समर्पण
हजुर टाढा हुनुभए पनि साथ छ,हजुरको प्रेमको दर्पण ।
सिकिस्त बिरामी हुदा पनि हजुरले,पाउनु भा छैन आराम
नजिक भकोभए गर्थे म हजुरको, स्याहार औषधि मलम
मेरो खुशीमा मभन्दा धेरै खुशी हुने,हारमा हौसला दिने
मामु नआओस् त्यो अवस्था फेरी,हजुरबाट टाढा बस्नुपर्ने ।
म प्रतिरक्षारत छु हजुरको,आगमनमा न्यानो आलिङ्गनको
दुःख सुखसँगै मिली साथ दिदै,हिडौला बाटो सफलताको
हजुरले प्रत्येक पलमा दु:खको सामना,गर्नुभएको छ जीवनमा
अवश्य राख्नेछु मामु हजुरलाई एकदिन,शान्ति र सुखमा ।