मालपोत कार्यालयमा अनलाईन प्रणाली शुरूहुँदै

rasuwwa

रसुवा , मालपोत कार्यालय अनलाईन प्रणाली शुरूहुँदै छ । ०७६ भाद्र १५ गते अाईतबारबाट दिन बिहान १०:०० वजे मालपोत कार्यालय रसुवा अनलाईन प्रणाली शुरू गर्ने कार्यक्रमको शुभारम्भ हुने कार्यालयले जनाएकाे छ ।

मालपोत कार्यालयमा अनलाइन प्रणाली लागू गर्ने योजना अनुरूप मालपोत कार्यालय रसुवालाइ अनलाईन प्रणालीमार्फत सेवा प्रदान गर्ने लागेकाे हो ।

गुणस्तरीय सेवा प्रदान गर्न र एउटै जग्गा जालसाँझी गरी फरक फरक व्यक्तिलाई बेच्दै ठगी गर्न नसकुन् भनेर अनलाइन प्रकृयामार्फत जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु गरिएको हो ।  सेवाग्राहीलाई सेवा प्रवाहमा छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ अनलाईन प्रणाली सञ्चालन गरिएको खत्रीको भनाइ छ । गतफागुनमा मालपोत कार्यालय रसुवाले विद्युतीय प्रविधिमा नागरिक बडापत्र जारी गरेको थियाे ।

Comments

comments