माेटरसाइकल दुर्घटनामा एककाे मृत्यु

नौकुण्ड गापा -३ लारच्याङटार  स्थित  लारच्याङ – पारच्याङ  भित्री कच्ची सडक खण्डमा लारच्याङबाट  पारच्याङ तर्फ जाँदै गरेको बा ४४ प ७६६५ नम्बरकाे दुर्घटना हुँदा मोटर साइकल चालककाे मृत्यु भएकाे छ ।

माेटरसाइकल अनियन्त्रित भई सडकबाट  २ सय ५० मीटर तल खसेर  साइकल चालक साेही स्थान बस्ने बर्ष २६ को  सोनाम वाईबा तामाङको टाउको, दाँया खुट्टामा चोट लागेकाे थियाे । घाईतेकाे उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै उनको मृत्यु  भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

Comments

comments