पीपलटार–ढुङ्गे खण्डको मुआब्जा दिन आग्रह

119676519_766819464156953_6604946879209040134_n

राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाअन्तर्गत पीपलटार–ढुङ्गे खण्डको मुआब्जा दिन ढिलाइ गरेकाे प्रति स्थानीय आक्राेशित भएका छन् ।119676519_766819464156953_6604946879209040134_n (1)

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक र रसुवागढीनाका जोड्ने सडक आयोजनाले गल्छी–रसुवागढी ८२ किमी सडकको पीपलटार–गल्छी खण्डको आठ किलोमिटर सडक पासाङल्हामु मार्गमा परेको र २०३४ सालमा नै सडक सीमा कायम भएको जनाउँदै मुआब्जा नदिए पछि मुआब्जा प्रक्रिया अघि नबढेपछि स्थानीयवासीले मुआब्जाको माग गर्दै आइरहेका छन् ।

गेर्खु खोलादेखि बेत्रावतीको फलाँखु खोला पुलसम्म योजनाको लागि तोकिएको सडक सीमा साविक सडकको केन्द्रविन्दुवाट दायाँ वाँया १५/१५ मिटरका दरले जग्गा अधिग्रहण गरी सरोकारवाला जग्गाधनीलाई सो को मुआब्जा वितरण गर्ने सम्बन्धमा जग्गा प्राप्ति ऐन, २०३४ को दफा १३ वमोजिम मुआव्जाको किसिम र सो को दररेट निर्धारण गर्न गठित समितिको मिति २०७६/४/२९ र २०७७/४/१६ मा बसेको बैठकले मुआब्जा वितरण प्रयोजनार्थ जग्गाको बर्गिकरण तथा दररेट निर्धारण गरे बमोजिम तत्कालिन एसियाली विकास बैंक सेक्टर सडक प्रोजेक्ट अन्तर्गत साविकमा नै अधिग्रहणको लागि प्रकृया पुरा भइ २०७४ चैतमा सूचना सार्वजनिक भएको थियो ।

sadak doc

यस विषयमा सर्बोच्च अदालत तथा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा समेत मुद्दा दायर भएको छ । सर्बोच्च अदालतबाट मुआब्जा दिन फैसला समेत भएको स्थानीय  समाजसेवी महेन्द्र प्याकुरेलले बताउनुभयो ।

Comments

comments