मुलखर्क सडक स्तरोन्नतीमा नागरिक अनुगमन

86633720_501663910547079_7728946047476563968_n

रसुवा, ०७६ फागुन ४ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक)को आयोजनामा पारस्पारिक जवाफदेहीता परियोजना अन्तर्गत रसुवाको धुन्चेका भएको विकासका लागि नागरिक समाज तथा संचार जगतबीच सहकार्य विषयक अन्तक्र्रियामा सडक बिभागबाट भइरहेको मुलखर्क सडक स्तरोन्नतीमा अनियमितता सवाल उठेपछि ०७६ फागुन ३ गते नागरिक अनुगमन सम्पन्न भयो ।86633720_501663910547079_7728946047476563968_n

कार्यक्रममा सहभागिहरुले सडक बिभागले गरेको काममा गुणस्तरहीन सामग्री प्रयोग भएकोले त्यसको नागरिक अनुगमन हुनुपर्ने विषय उठेको थियो ।  प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ ईन्सेका जिलला प्रतिनिधी हेमनाथ खतिवडा, गैसस महासंघ जिल्ला सचिव प्रमोदकुमार तितुङ, रसुवा चेम्बर अफ कर्मसका अध्यक्ष संजीव आमात्य, नेपाल पत्रकार महसंघका हिमनाथ देवकोटा, प्राबिधिक सहितको टोलीले मुलखर्क पहिरो क्षेत्र सडक ढलान भइरहेको स्थानमा स्थलगत अनुगमन गरेर लागत इष्टिमेट अनुसार समयमै गुणस्तरिय सडक ढलान गर्न र सडक आवतजावत पनि सुचारु गर्न निर्माण कम्पनीका प्रतिनिधीसँग अनुरोध गरे ।

सडक बिभागबाट ढलान २ सय २० मिटर, वाल तथा पचि मर्मचत समेत गरी कुल १ करोड १३ लाख रुपैयाँको काम गर्ने जिम्मा पाएको निर्माण कम्पनी मंगलादेवी सुवास कन्ट्रसन प्रालि प्रो सुवासकुमार कार्कीले बताउनुभयो । ढलान मोटाइ २५ सेमी आरसीसी र ५ सेमी पीसिसि रहेको छ । ढलानको मोटाई पनि कम राखेको स–साना रडको प्रयोग गरेको , चिसोमा ठाउँमा तापक्रम व्यवस्थापन नगरेको र गुणस्तरिय सिमेन्ट प्रयोग नभएको गुनासो आएको थियो । नेपाल चीन व्यापारका लागि एकमात्र रसुवागढी नाकाबाट आयात निर्यात हुने सो सडक ढलान गर्नथालेको दिनहुँ गाडी फस्नाले घण्डौसम्म जाम पर्ने र यात्री मर्कामा पर्ने गरेका छन् ।86811778_520803982154483_7220062705745395712_n

प्रमुख जिल्ला अधिकार अर्जुन भण्डारीले बिकल्पको रुपमा मालबाहक ट्रक तथा कन्टेनरहरु बेत्रावती मैलुङ्ग स्याफ्रु सडकबाट आवतजावत गर्ने व्यवस्था मिलाउन पहल पर्ने बताउनुभयो । सडक बिभागबाट योजनाको लागत इष्टिमेट मगाएर छलफल गर्ने समेत प्रमुख जिल्ला अधिकारीले प्रतिवद्धता जनाउनुभयो ।

Comments

comments