मृगौला पीडित पौडेललाई सहयोग

Kidney

दुबै मृगौला फेल भई उपचारत् उत्तरगया गाउँपालिका वडा न २ डाँडागाउँका ३५ वर्षिया रामप्रसाद पौडेललाई रसुवाली समाज युएईले आर्थिक सहयोग गरेको छ ।

समाजले पीडित पौडेलको उपचारका लागी १० हजार रुपैयाँ सहयोग गरेको हो । समाजका संरक्षक राजन अगस्थीले जिल्लामा क्रियाशील पत्रकार साहस न्यौपानेको रोहवरमा सोमवार उक्त रकम पीडित पौडेललाई हस्तान्तरण गरेका हुन्  ।

मृगौला पीडित पौडेलको हाल विर अस्पतालमा उपचार भईरहेको छ । उनको दुवै मृगौला फेल भएको र प्रत्यारोपणका लागि करिब ४० लाख लाग्ने चिकित्सकले बताएका छन् ।

पौडेलको उपचारको लागि देश तथा बिदेशमा रहेका नेपालीहरुले सहयोग रकम संकलन गरिरहेका छन् । संसारभर छरिएर रहेका नेपालीहरुको माया, साथ र सहयोगले आफुलाई रोगसँग लड्ने शक्ति मिलेको भन्दै पीडित पौडेलले सहयोगका लागि रसुवाली समाज युएईलाइ धन्यवाद दिए ।

रसुवाली समाज युएई बैदेशिक रोजगारीको शिलशिलामा युऎईका बिभिन्न क्षेत्रलाइ कर्मथलो बनाएका रसुवालीहरुको संगठन हो । प्रवासमा रहेर पनि अप्ठ्यारोमा परेका रसुवालीलाइ सहयोग गर्ने उद्धेश्यले गठन भएको समाजले यसअघि पनि मुटु रोगबाट पीडित जिल्लाको नौकुन्ड गाउँपालिका ५ का शेसमान गङ्तानलाई आर्थिक सहयोग गरेको थियो ।

Comments

comments