मेगा बैंकद्धारा क्युआर कोड हस्तान्तरण

मेगा बैंक लिमिटेड स्याफ्रुबेशी शाखाले होटललाई ( QR code) क्यूआर कोड हस्तान्तरण गरेको छ ।

बैंक स्याफ्रुबेशी शाखाका प्रबन्धक क्षोक्याल दोर्जे लामाले, गोसाइकुण्ड गाउँपालिका-५ स्याफ्रुबेशीस्थित होटेल स्काईका संचालक पाल्मो तामाङ र होटेल नमस्तेका संचालक छेटेन लामालाई आधुनिक बैंकिङ प्रविधि क्यूआर कोड (QR code ) हस्तान्तरण गरेको हो ।

होटेल नमस्तेका प्रबन्ध संचालक छेटेनले बैंकको क्यूआर कोड प्रविधिले ग्राहक, व्यावसायी र बैंक सबैलाई सहज र सुविधा हुने विश्वास व्यक्त गरे ।

होटेल स्काईका प्रबन्ध संचालक पाल्मोले, विगतदेखिनै यहाँका गरिब, अशिक्षित सबैलाई बैंकिङ सुविधा मार्फत बैंकिङ सक्षारता गराउने पहिलो बैंक, मेगा बैंक रहेको बताइन् । उनले थपिन् -मेगा बैंकनै यहाँका जनताको विश्वशिलो र भरपर्दो आधुनिक बैंक रहेकाले, हामी मेगाकै ग्राहक हुनुमा खुशी छु ।

त्यसैगरी बैंक शाखाका प्रबन्धक क्षोक्याले कोडले बैंकलाई मात्र नभई ग्राहक, व्यवासयी सबैलाई पारास्पारिक फाइदा हुने बताए । क्षोक्यालले भने-मेगा बैंक भनेको गरिबदेखि धनी, बालकदेखि बृद्ध र हिमालदेखि तराइसम्म सबैका लागि सेवारत रहेका छन् । त्यसैले सम्पूर्ण महानुभावलाई मेगा बैंकको विभिन्न सुविधाहरू प्रयोग गरी फाइदा लिन क्षोक्यालले आग्रह गरे ।

मेगाले २०६७ सालमा आफ्नो शाखा स्थापनागरी रसुवाको स्याफ्रुबेशीका जनतालाई सेवा दिदै आएका छन् ।

Comments

comments