मेरो गाउँ

IMG_20210809_083709

कविता

दिपा तामाङ

प्राकृतिक अवर्णनीय भव्य सुन्दरताले,सुसज्जित मेरो गाउँ
मनमोहक हरियाली दृश्य हेर्दा, मलाई लाग्छ नाचौ गाऊ

सदा बहन्छ स्वच्छ हृदयस्पर्शी,आनन्ददायक सिरीरी हावा

निरन्तर बग्छ कलकल कञ्चन खोला,विना ब्याज र साँवा

सुमधुर आवाजमा चराले चान्दै र खले,हामीलाई गर्छ स्वागत
गाउँको पाखा पखेरोमा खेलेको,आहा साह्रै मिठो त्यो विगत

खोलासँगै मलाई मनलाग्छ बग्न,हरियाली दृश्यमा हुन्छु म मग्न
पानासरी पत्रे भिरालो जमिनलाई,राख्दैनन् गाउँले कहिल्यै नग्न

रसुवा जिल्लाको कुनाको दुर्गम ठाउँमा,मेरो गाउँ छ अवस्थित
पर्यटनको सम्भावना फस्टाउछ यहाँ,सबैथोक गरेमा व्यवस्थित
चराचुरुङ्गी र खोलाको आवाजले,छ मेरो गाउँ गुञ्जयमान
धेरै प्रकारको बहुमूल्य बहुउपयोगी,जडीबुुटी छ विद्यमान

तामाङको बसोबास रहेकोसस्वच्छ,सफा र रमणीय मेरो गाउँ
भविष्यमा गाउँलेको पहिचानमा,जोडिन सक्छ गाउँको नाउ

जीवनमा हजुरहरूको एकपटक होस्,मेरो सुन्दर गाउँ गन्तव्य
हृदयदेखी नै सुस्वागतम छ मेरो गाउँमा,यही नै मेरो मन्तव्य

 

Comments

comments