रसुवा । कालिका गाउँपालिकाको न्यायिक समितिको आयोजनामा सञ्चालन भएको मेलमिलाप तथा सूचनाको हक सम्बन्धी दुई दिने तालिम मंगलबार सम्पन्न भएको छ ।
गाउँपालिका कार्यालयमा सञ्चालन भएको तालिममा सहभागीहरूलाई सूचनाको हक, आम सञ्चार, गलत समाचार, पत्रकारिता, पत्रकार आचारसंहिता, मेलमिलापकर्ताको भूमिका, न्यायिक समितिका काम कर्तव्य र क्षेत्राधिकारलगायतको विषयमा पशिक्षण दिइएको थियो । सहभागीहरूलाई सूचनाको हक, आमसञ्चार, गलत समाचार तथा पत्रकारिताको विभिन्न पक्ष बारे द राईजिङ नेपालका पत्रकार मोद ढकाल र मेलमिलाप कर्ताका भूमिका, न्यायिक समितिका काम कर्तव्य र क्षेत्राधिकार, पत्रकार आचारसंहिता, विद्यतीय कारोवार ऐन सम्बन्धी अधिवक्ता नवदीप श्रेष्ठले प्रशिक्षण दिएका थिए । तालिमको समापन कार्यक्रममा कालिका गाउँपालिकाका अध्यक्ष सीताकुमारी पौडेल अधिकारीले सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई पनि कारवाही हुनु पर्ने बताइन् । उनले पछिल्लो समय सञ्चारमाध्यमको दरूपयोग हने गरेकोले सञ्चारमाध्यम प्रति विस्वास घट्दै गएको बताइन् । अध्यक्ष अधिकारीले सूचनाको हक माग्नेले कर्तव्य पनि भल्नु नहुने बताइन् ।
कार्यक्रममा पालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक भवानीप्रसाद न्यौपानेले न्यायिक समितिको कामहरू धेरै रहेको र कानूनले दिएको अधिकार प्रयोग गरी काम गरिरहेको बताए । कार्यक्रममा वडाअध्यक्ष, मेलमिलापकर्तालगायतले आआफ्नो धारणा राखेका थिए ।
Related Posts
- उत्तरगया धर्मिक क्षेत्रकाे विकासका लागि भारतिय अधिकार भेटघाट
- मनकारी”मिरा”
- नेपालमा सामाजिक न्यायकाे मुद्दा सामुहिक रुपमा उठाउनु पर्ने माग
- ट्रिपरको ठक्करबाट मृत्यु भएको घटना छानविन गर्न माग
- नेपाल पत्रकार महासंघ रसुवाकाे पाँचाैं साधारणसभामा ३ संस्था सम्मानित
- नौकुण्ड गाउँपालिकाकाे सार्वजनिक सुनुवाई सम्पन्न