मैलुङकाे सेयर अब चाँढै खातामा आउने

Mailung Khola Hydro

रसुवा, मैलुङ खाेला जलविद्युत कम्पनीकाे सेयर अब चाँढै डिम्याटमा आउने भएकाे छ । जिल्ला समन्वय समितिका प्रमुख अशाेक कुमार घिमिरेकाे नेतृत्वकाे टिमले क्यापिटल तथा मैलुङ कम्पनीमा पुगेर छलफल गरेपछि यस्ताे जाानकारी प्राप्त भएकाे हाे ।

मैलुङ खोला हाइड्रो पावर कम्पनीले निर्माण गरेको ५ मेगावाटको मैलुङ खोला आयोजना अहिले सञ्चालनमा छ । यो आयोजनाले २०७१ साल असारदेखि विद्युत उत्पादन गरिरहेको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त आयोजना पुनर्निर्माण गरेर सञ्चालनमा ल्याइएको हो ।

जिल्लावासीका लागि  ०७८ साउनमा मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर आईपीओ जारी गरेकाे थियाे । अझैसम्म ३ वर्षे लक लगाउन नमिल्ने र सेयर डिम्याटमा पठाउन किन ढिलाइ भएकाे विषयमा चासाेका साथ रसुवाबाट गएकाे टिमले छलफल गरेकाे र मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयरकाे समस्या चाँढै समाधान हुने टाेलीमा सहभागी सुरेश अधिकारीले बताउनुभयाे ।

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम २०५९ साउन ७ गते कम्पनी रजिष्ट्रारको कार्यलयमा प्राइभेट कम्पनीको रुपमा दर्ता भएर कारोबार शुरु गरेको कम्पनीको हो। २०७१ भदौ ६ गते पब्लिक कम्पनीको रुपमा दर्ता भई कारोबार सञ्चालन गर्दै आइरहेको कम्पनी हो।

कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौं महानगरपालिका वडा नम्बर १ मा रहेको छ। कम्पनीको आयोजना स्थल भने रसुवा जिल्ला उत्तरगया गाँउपालिका (साविकको हाकु गा.वि.स) मा रहेको छ। आयोजनाबाट उत्पादन हुने विद्युत खरिद बिक्री सम्झौता मैलुङ खोला जलविद्युत कम्पनीलाई हस्तान्तरण गरी नेपाल विद्युत प्राधिकरणसँग २०६१ असार ३० गते प्रथम संशोधन गरेको छ।

Comments

comments