मैलुङको सेयरबारे छलफल हुने

IPO-RASUWA

साउन ७ गते रसुवा । जिल्लावासीलाई सुरक्षित गरी प्रदान गर्न लागिएको मैलुङ जलविद्युत कम्पनीको सेयर आईपिओ गोला प्रथाबाट बितरण गरेको प्रति तिब्र बिरोध भएपछि बाँडफाँड स्थगन गरिएकोमा आईतबार छलफल हुने भएको छ ।

जिल्लावासीलाई प्राकृतिक स्रोत माथिको अधिकार सुरक्षित गरी मैलुङको सेयर निश्कासन गरिएको थियो । कम्पनीले जेठ १७ देखि ३१ गतेसम्म कुल ३ करोड असी लाख कित्ता सेयर मध्ये अति प्रभावित तथा जिल्लाबासीलाई ५ प्रतिसत ३ लाख ६८ हजार १ सय ४४ कित्ता सेयर जारी गरेको थियो । सेयरका लागि २५ हजार बढि नागरिकले आवेदन दिए पछि गोलाप्रथाद्धारा सेयर बाँडफाँड गरेको थियो ।

मैलुङ जलविद्युत कम्पनीका जनरल म्यानेजर सरद बस्यालका अनुसार २५ हजार बढिले सेयरका लागि आवेदन दिए पछि धितोपत्र बोर्डले कम्तीमा १० कित्ता सेयर दिनुपर्ने भने पछि १० कित्ता सेयर दिँदा १८ हजार जनालाई मात्र पुग्ने भएपछि जनालाई मात्र दिन पुग्ने भएकोले गोलाप्रथा गरेको बस्यालले बताउँनुभयो । उहाँले भन्नुभयो “ गोलाप्रथा गरी बितराण गर्दा धेरै स्थानीय छुटेको भन्दै जिल्लाबाट दवाव आएपछि जिल्लाका सांसद जनार्दन ढकाल समेतले कम्पनीमा छलफल गरी बाँडफाँड स्थगित गरी सर्व पक्षीय छलफलबाट निचोड निकाल्ने सहमति भएको छ । ”

धितोपत्र बोर्डको निर्देशन बमोजिम १० कित्ता भन्दा कम सेयर बाँडफाँड गर्न नमिल्ने भएपछि स्थगन गरिएको हो । गोलाप्रथाबाट जिल्लाका २५ हजार नागरिकले सेयरका लागि आवेदन दिएकोमा गोला प्रथा गरी धेरैलाई सुरक्षित सेयरबाट बञ्चित गराएको भन्दै जिल्लावासीले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र दिएर जिल्लाका सांसद लगायत राजनीतिक दलको ध्यानाकर्षण गरएको धुन्चेका युवा दिपक लामाले बताउँनुभयो ।

गत सोमबार कम्पनीले गोलाप्रथागरी २२ हजार ९ सय ३२ जनालाई सेयर दिएको घोषणा गरेको थियो । न्युनतम ५० कित्ता भर्नेलाई १० र १ हजार कित्ता भर्नेलाई ३ सय ३३ सेयर दिने निर्णय गरेको थियो । आज भएको छलफलबाट जिल्लावासीको सेयर सुनिश्चित गर्ने गरी छलफल भएको र अहिलेको बाँडफाँड प्रक्रिया स्थगन भएको छलफलमा सहभागि सांसद जनार्दन ढकालले बताउँनुभयो ।

प्राकृतिक स्रोत साधनमाथिको अधिकार जनतालाई सुरक्षित गर्ने भन्दै यहाँ जल विद्युत आयोजना खोल्ने तर नियम बिपरित कही नभएको जात्रा गरेको स्थानीय कालिका गाउँपालिका ३ का युवा समाजसेवी विश्वास नेपालीले बताउँनुभयो । खासमा जिल्लावासीलाई अधिकार दिन सवै जिल्लावासीलाई सेयर प्रदान  गरिनु पर्ने उहाको भनाई छ । ८ गते आईतबार बस्ने कम्पनीको बैठकबाट सवैलाई न्याय हुने खालको निण्र्नय हुने रसुवाका संसद जनार्दन ढकालले बताउनुभयो ।

Comments

comments