म्यागङ गाउँपालिकामा दुई युवामा कोरोनाको संक्रमण

Rapid-Corona-Test

नुवाकोटको म्यागङ गाउँपालिका – ५ का दुई युवामा कोरोनाको संक्रमण देखिएको छ । भारतबाट सुनौली नाका हुँदै यही जेठ १४ गते म्यागङ आएका २ जना १८ वर्ष र ३२ वर्ष युवामा कोरोनाका संक्रमण देखिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

?????????????????????????????????????????????????????????

ग्रामसेवा माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बसेको ३५ जनामध्ये ८ जनाको पिसिआर चेकजाँच गर्दा २ जनाको पिसिआर पोजेटिभ देखिएको हो । कोरोना देखिएका दुबै युवालाई त्रिशूली अस्पतालमा रहेको आइसोलेसन वार्डमा ल्याइएको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख साग घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार स्थानिय तहको समन्वयमा संक्रमतिहरुको कन्ट्याक ट्रेसिङ शुरु गरिएको छ ।

पछिल्लो २४ घण्टामा थप २ सय ८८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या दुई हजार ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार सबैभन्दा धेरै संक्रमित रौतहटमा ७४ जना थपिएका छन् ।

Comments

comments