म सधैं विकासका लागि खट्नेछु : सांसद् जनार्दन ढकाल

Janardan

धुन्चे, रसुवा । रसुवा जिल्लाबाट प्रत्यक्ष निर्वाचित सांसद् माननीय जनार्दन ढकालले आफू सदैव जिल्लाको विकासमा खट्ने बताएका छन् । असार १ गते जिल्ला विकास समिति रसुवाले आयोजना गरेको दोस्रो आवधिक जिल्ला विकास योजना पृष्ठपोषण गोष्ठिमा प्रमुख अतिथिको रुपमा सहभागी हुँदै माननीय सांसद् ढकालले जिल्ला विकास समितिमार्फत आगामी साउनदेखि लागु हुन लागेको आवधिक योजना आ.व.०७३/०७४ देखि ०७७/०७८ को सफल कार्यान्वयनको लागि आफू सधैव खटिने बताउनुभयो ।

सासंद् ढकालले भन्नुभयो, मेरो सपना भनेको समृद्ध रसुवा निर्माण हो, यसको लागि सपना देखेर मात्र हुँदैन, उक्त सपना पुरा गर्नको लागि मेरो पूरा समय म यही जिल्लाको विकासको लागि खटिने छु । उहाँले भन्नुभयो, रसुवा जलविद्युत, जडिबुटी, पर्यटनको क्षेत्रका लागि उपर्युक्त जिल्ला भएकाले यसको समूचित विकास गरी जिल्लाका आर्थिक आत्मनिर्भर बनाउने र गाउँ गाउँमा होमस्टे सञ्चालन गरी पर्यटन क्षेत्रलाई अझ बढाउन आफूले सक्दो प्रयास गरिने बताउनुभयो ।

जिल्ला विकास समितिले निर्माण गरेको आगामी आवधिक योजना धेरै महत्वको भएकाले यो गर्नैपर्नेमा उहाँको जोड थियो, सांसद् ढकालले भन्नुभयो, यो योजना पुरा गराउनको लागि आन्तरिक तथा बाह्य स्रोतहरूको पनि खोजी गरी योजनामा राखिएको महत्वम विषयहरूलाई यथासक्य कार्यान्वयन गर्नको लागि आफूले नेतृत्व लिने बताउनुभयो । साथै उहाँले भन्नुभयो, भूकम्प पीडित जनताको घर निर्माणको लागि पनि छिट्टो रकम वितरणको लागि आफूले पहल लिइरहेको बताउनुभयो । सबै भूकम्प पीडित रसुवाली जनताले नयाँ घरमा बस्न अव केही समयमै पाउनेछन्, र त्यसको लागि विभिन्न निकायमा समन्वय गरिरहेका छौं, सांसद् ढकालले भन्नुभयो ।

उहाँले यस अघिका धेरै योजनाहरू भन्ने र ती कितावमा मात्र सिमित हुने गरेका थिए, अव त्यस्तो हुन दिइनेछैन, सबै गाउँमा सडक पु¥याउने, घरघरमा विजुली र पानी पु¥याउने, घरघरमा रोजगारी सृजना गर्न स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने, उत्पादीत कृषि तथा पशुजन्य सामग्रीको लागि उपर्युक्त बजारको विकास गर्न पहल लिने बताउनुभयो । साथै उहाँले अव केही वर्षमै नयाँ दुई लेनको सडक विस्तार भई रसुवागढी नाकामार्फत चिन र नेपालबीच हुने दुईदेशीय व्यापारले सबै रसुवालीलाई धेरै फाइदा पुग्ने बताउनुभयो ।

जिल्ला विकास समितिको सभाकक्षमा भएको कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै माननीय सांसद् छोवाङ तेन्जिन तामाङले जिल्ला विकास समितिले तयार गरेको आवधिक योजना पुरा गराउनको लागि सबै पक्षको सकारात्मक सोंच आवश्यक हुने बताउनुभयो । साथै उहाँले विकासलाई परिभाषित गर्दै, ‘वि–’विचार’, का–’कार्यान्वयन’ र स–’सहभागिता’ । यी पक्षलाई ध्यान दिएर हरेक विकास निर्माणको गतिविधिलाई अगाडी बढाएमा हरेक काम सफल हुने बताउनुभयो ।

यस्तै, स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेले जिल्ला विकास समितिले निर्माण गर्ने हरेक योजना समग्र जिल्लाको विकास गर्नको लागि तयार गरिने भएकाले यसलाई सबैले अपनत्व ग्रहण गरी कार्यान्वयन गराउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका प्रमुख सल्लाहाकार तीरबहादुर गुरुङ, एमालेका विष्णु पौडेल, नेकपा माओवादी केन्द्रका मेघनाथ घिमिरेलगायतका नेताहरुले पनि आवधिक योजनामाथि टिप्पणी राखेका थिए ।

यस्तै, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले पनि विशेष अतिथिको रुपमा बोल्दै आवधिक योजना खाली योजनामात्र नभई यो काम गर्नको लागि मार्गनिर्देशीका भएकाले यसलाई सबै मिली कार्यान्वयनमा लैजानुपर्ने बताउनुभएको थियो । आवधिक योजनामाथि टिप्पणी गर्दै सहभागीले खाकाको भाषाहरु राम्रोसँग सम्पादन नगरिएको र सन्दर्भ सामग्रीको पुरा प्रयोग नगरी वितरण गरिएको प्रति टिप्पणी गर्दै आगामी दिनमा धेरै विषयहरुमा सुधार गरी कार्यान्वयनमा ल्याउनको लागि सुझाव पेश गरेका छन् ।

Comments

comments