रसुवामा “गोरु जुधाइ” बिशेष हुने

Goru 078
सधैको वर्षहरुमा झै यस बर्ष पनि माघ -१ गते बेत्रावतिबजारमा गोरु जुधाइने भएको छ ! अहिले प्रचारप्रसार , निमन्त्रणा बितरण, धजापत्ता राखी बजारलाइ सिगार्ने काम,गोरु दर्ता प्रक्रिया ,मैदान सम्याउने काम पूरा भएको क्लबका अध्यक्ष दिपु डङोलले जानकारी दिएका छन ।
क्लब स्थापनाको २५ औं रजत बर्ष दिवसको यो शुभ अबसर पनि भएकोले यसपटकको माघे संक्रान्ती मेला अझ बिशेष हुने उनले बताए ।  दर्शकहरुको थप मनोरञ्जनकालागि अहिलेका चर्चित हास्य अभिनेता हिमेश पन्त,गायक खुमन अधिकारी, गायिका राधिका हमाल,को साथमा Divine soul BAND को बेजोड सांगेतिक कार्यक्रम समेत गोरु जुधाइ कार्यक्रम पश्चात रहेको क्लबका सचिब ईश्वर थापाले बताए ।  अहिलेसम्म १० हल गोरु दर्ता भैसकेको गोरु छनौट उपसमितिका सोमलाल लवटले जानकारी दिए ।  प्रतिनिधि सभा सदस्य माननीय इ. मोहन आचार्य,रसुवाको प्रमुख आतिथ्यमा सम्पन्न हुन गैरहेको सो कार्यक्रममा जितहुने गोरुधनी किसानलाइ जनही रु.१०,०००/- र हार्नेलाई रु.८०००/- रुपैयाँको पुरस्कार पाउने कोषाध्यक्ष विवश डङ्गाेलले बताएका छन । Betrawoti pic (2)
माघे संक्रान्तिका दिन बिशेष झाकी समेत प्रदर्सन गरिने छ ! लाखेनाच,पन्चेबाजा,बाला भजन खैचडी नाच,सोरठी नाच समेतको प्रस्तुति रहने क्लबका पुर्ब अध्यक्ष एवं मेला ब्यवस्थापन उपसमितिका संयोजक सुरज लवटले बताउनुभयो  ।  रसुवा नुवाकोटको सिमा क्षेत्र एतिहासिक एवं धार्मिक तिर्थस्थल बेत्रावतिमा सदिऔ बर्ष देखि गोरु जुधाउने परम्परा रहेको छ !माघे संक्रान्तिका दिन बेत्रावतिका जुडिफाट,साम्राटाफाट,ढाडेबगरफाट,दहफाट,सिम्लेफाटहरुमा घ्यु चाकुको भोजखाइ दिउसो गोरु चराउन खेतकाफाटहरुमा लादा बेत्रावतिका किसानहरुले आ आफ्नो गोरु जुधाएर मनोरञ्जन लिने गर्दथे । इतिहासबिधका अनुसार नेपाल र तिब्बत (भोट)चिन बिच बि सं १८४९ मा युद्ध हुदा नेपालतर्फको क्षती जोगाउन एउटा ठुलो एतिहासिक सन्धी बेत्रावतिमा भएको थियोे,यहि बेत्रावती सन्धीको सम्झनालाइ जिवन्त राख्न गोरु जुधाउने परम्पराको चल्न थालनी गरिएको भन्ने बेत्रावतिका स्थानीय बुढापाकाहरुको भनाइ पनि रहेको छ  । २०५३ मा गोसाइँकुण्ड युवा क्लब स्थापना भएपछि यो परम्परालाई अलि ब्यवस्थापन गरि ब्यवस्थित तरिकाले क्लबले कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।
गोरु पाल्ने किसानहरुको हकहित र नेपालको कृषि तथा पशु पर्यटन तथा बेत्रावतीको आन्तरिक ब्यवसायलाइ समेत आर्थिकपार्जनमा टेवा पुर्याउनु मुल उदेश्यका साथ हरेक वर्ष माघे संक्रान्तिका दिन बेत्रावतीबजारमा गोरु जुधाउने कार्यक्रम हुँदै आइरहेको छ  । यो मेला तथा कार्यक्रम हेर्न बेत्रावति सम्म आइपुग्न कुनै कठिनाइ छैन । काठमाडौबाट त्रिशुली हुँदै रसुवागढी जाने कुनै पनि बस,माइक्रोबसमा माछापोखरी बसपार्कबाट बस आउने गर्दछ । आफ्नो प्राइभेट दुइपाङ्रे या चारपाङ्रे सवारीबाट पनि सहजै बेत्रावती आउन सकिन्छ । काठमाडौबाट कलंकि हुँदै गल्छी,त्रिशुली,भइ बेत्रावती ८२ किमि मुल अन्तर्राष्ट्रिय पिच सडक !काठमाडौबाट टोखा,शिबपुरी,छहरे,थान्सिङ्फाट,ढिकुरे,शेरा,गंगटे,बटार,ढुङे भइ बेत्रावती ६० किमि पिच सडक  । काठमाडौबाट बालाजु,ककनी,रानीपौवा,पिपलटार,त्रिशुली हुदै ८० किमि पुरानो बाटो ! (तर यो बाटो जोखिम,मर्मत हुँदै गरेकोले अहिले बन्द अवस्थामा रहेकोे छ  । हुन त यो बाटो दशाैं वर्षदेखि मर्मत संभार भन्दै वार्षिक बजेट झ्वाम हुने र बन्न नसकेर त्यस क्षेत्रको स्थानीय जनताहरुले दुख झेलिरहेको अर्को कारण नुवाकोटमा नेपाल हल्लाउने बौद्धिक गण्यमान्य नेताहरु धेरै भएको कारणले पनि होला ) बेत्रावतिबजारमा खानबस्नको भने कुनै कठिनाइ छैन । सहजरुपमा होटल,रेष्टुरां,लज,खाजाघर,होमस्टेको उचित ब्यवस्थापन पाइन्छ ।
तसर्थ, बेत्रावतीको गौरवमय एतिहासिक गोरुजुधाइ तथा माघे संक्रान्ती मेला हेर्न यसपाली तपाईं पनि आफ्नो इष्टमित्र र परिवारको साथमा माघ -१ गते बेत्रावती आउनुहोस,रमाउनुहोस् ।
नोट : कोभिडको उच्च जोखिम अझैसम्म रहेकोले स्वास्थ मापदण्डको ख्याल राखी साबधानी आ आफ्नै तरिकाले अपनाउनु हुन अनुरोध पनि आयोजकबाट गरिएको छ । Goru
शशिकुमार डङोलकाे फे

Comments

comments