युब्रा गाउँका १ सय ४० घरपहिरोको उच्च जोखिमका

युब्रामा पहिराे

रसुवा, नौकुण्ड गाउँपालिकाको वडा नं २ युब्रामा रहेको १ सय ४० घरपरिवार पहिरोको जोखिममा रहेको छ । वर्षात लागेपछि पहिरो कतिबेला गाउँ बगाउँछ भन्ने त्रासमा रातभर जाग्राम बाँच्नु परेको स्थाीयले गुनासो गरेका छन् ।

गाउँ वरिपरि पहिराेले घेरेपछि गाउँले त्रासमा छन्। पहिराे नियन्त्रणका लागि समयमै कसैले पहल नगरेकाे स्थानीयकाे गुनासाे छ । युब्रा गाउँका हर्कबहादुर तामाङले भन्नुभयो “वर्षात लागेपनि रातभर निन्द्रा लाग्दैन गाउँ वरीपरि पहिरोले घेरेको छ रातभर पानी पर्नथालेकोले आजभोली निन्द्रा लाग्दैन ” गतवर्षपनि त्रासमा वर्ष बित्यो यसवर्ष पनि बर्षात लागेपछि रातभर डरत्रासमा बस्नु पर्छ हाम्रो समस्याको समाधान कसैले गर्ने प्रयास गरेनन् ।नाैकुण्ड युब्रा
त्यहाँको विद्यार्थी पढ्ने एकमात्र भूमेदेवी आधारभूत विद्यालयसमेत जोखिममा रहेको स्थानीय गणेशमान लामा बताउनुभयो । ०७२ को भूकम्पको समयमा पहिरो जान सुरु भएको हो । गाउँमा सडक खने त खनियो तर नाली बन्न नसक्दा वर्षातको भेल एकत्रित भएर गाउँ बगाउने त्रासमा बाँच्नु परेको लामाले बताउनभयो । पाहिरोको उच्च जोखिम छ हामी रातभर जाग्राम बस्नुपर्छ । जिल्लाको नौकुण्ड गाउँपालिका–२ युब्रामा गत वर्ष गाउँभन्दा मूनिबाट पहिरो गएको थियो । पहिरो गएर बस्ती जोखिममा परेपनि उनीहरू गाउँ छाड्न तयार भएनन् । गत वर्षको वर्षा युब्राबासीले त्रासमा नै बिताए । तर यो वर्ष गाउँमाथिबाट नै पहिरो खसेपछि युब्राका एक सय ४० घरपरिवार सुरक्षित स्थानको खोजीमा लागेका छन् । गाउँभन्दा मूनिबाट पोहोर नै पहिरो आएपछि गाउँ छाड्नुको बिकल्प नभएको युब्राका गणेश लामाले गाउँमा निर्माण भएको नयाँ सडकमा समयमा नै नाला निर्माण गर्न नसक्दा समस्या आएको हाे उहाँको भनाई छ ।  गाउँपालिकाले नाला काट्छ भनेर हामी ढुक्क परेर बस्यौँ, तामाङले भन्नुभयो ।युब्रामा पहिराे

Comments

comments