रसिलाे रसुवा

phurpa Tamang 2012

साैन्दर्यकाे रसले भरिएकाे रसुवासंग
धुलाे, धुवाँ र मानसिकाे काेलाहलले भरिएकाे
अनि हरियाली नाशिएकाे काठमाडाैं
कसरी तुलना गर्न सकुँ म?
भाैगाेलिक विकटता भए पनि
यात्रामा कठीनाइ भए पनि
किन किन रसुवा नै राम्राे लाग्छ
सेताे हिमाल
शुद्द पानीकाे मुहान
सुगन्धित धुपीसल्ला
चिमाल र गुराँसे वन
सारा रसुवाली गाउँ
अाफ्नाे झैं लाग्छ
लेकाली शुद्द पानीसंग
बाेतलमा भरिएकाे मिनिरल वाटर कसरी दाँज्न सकुँ म?
बरु दाउरा बालेर चुल्हाेमा पकाएकै मीठाे
ठस्स गन्हाउने ग्यास चुल्हाेकाे खानाले दिक्क बनाउँछ
तर खान बाध्य छु
नखाए भाेक लाग्छ
खाँदै गर्दा झाेक चल्छ
अाफ्नाे साधन बिग्रिदाँ एकदिन बसमा चढ्नु पर्दा
नरक पुगे झैं लाग्छ
गाडी र यात्रुकाे दशा उस्तै
काेचिएकाे, काेरिएकाे
कराएकाे, गीत घन्काएकाे
उफ्! नारकीय भएछ कान्तिपुर
गाउँघरमा उकालाे अाेरालाे गर्दै
घण्टाैं हिंडेकाे बेश थियाे
अा! केकाे मासु खानु?
पकायाे पाक्न मान्दैन
भाँडाभरि चिल्लाे बाेसाे र पानी पाे निस्किन्छ
खायाे नमिठाे
खानेकुरालाई छ्या! भन्नू पर्ने
पैसाेले स्वाद किन्न सकिन्न
कुरा सहि लाग्याे
गाउँघरकै खसीबाेका ठीक
निउराे, च्याउ र टुसा धेरै नै ठीक
के गर्नु? बाँचुन्जेल रसुवामा
दिनदिन बस्न पाइएन
घाँस खाेज्दै चर्न हिँडेका बस्तुभाउ झैं भइयाे
धर्तीकाे स्वर्ग छाेडेर नरकलाेक अाइयाे
जिन्दगी अाधा उता अाधा यता
राम्राे ठाउँले अाऊ भन्छ
काम खाेज्न जा भन्छ
यस्तै छ
लु जा!
अाज केही गर्दिनँ
दिनभरि घाम ताप्छु।।

फुर्पा तामाङ
२०७३.९.१३

Comments

comments