रसिलो गजल लेख्दै रसुवा

Rasuwa puru

पुरुषोत्तम पौडेल “रसुवा” साहित्यमा मुलतः कविता पछि गजलमा कलम चलाईरहेका एक स्पष्टबक्ता,रसिला तथा खरोतर्क गर्ने श्रष्टा हुन।उहाँ गजलमा लय को स्थान हुनुपर्छ शास्त्रीय छन्द या बहरमा लेख्न सकिदैन त्यो अलग कुरा हो।तर लय हुन जरुरी छ भन्नुहुन्छ। कालिका गाउँपालिका- ४ रसुवा स्थायी ठेगाना भई हाल काठमाडौ बसोबास गर्दै आउनु भएका रसुवा अहिले अर्को किर्ति “सुनको अक्षर”को तयारीमा हुनुहुन्छ।

अघिल्लो पुस्तक महल सिसाको” मा दार्शनिक तथा आध्यात्मिक गजलको बाहुल्यता रहेकोभएता पनी यस सङ्ग्रहमा सबै किसिमको रस मिसिएको गजलहरु पाईने उहाले बताउनु भएको छ।

आउदै गरेको पुस्तक हात परेपछि पढ्न पाईने गजलका नमुना
१)लुकाएकी छौ जे त्यही देखाईदेउन आज
कस्तो छ त्यो हेर्ने धोको पुर्‍याईदेउन आज

२)अब यो देश बनाउने अभिभारा म लिदैछु
राष्ट्र अघि बढाउने अभिभारा म लिदैछु

३)छातिको जुन्ले पोलेर म ननिदाएको धेरै भयो
आनन्द के हो खुशी के हो थानपाएको धेरै भयो

यस्तै अरु ओजनदार गजल्हरु पनि रहेको कुरा बताउनु भयो ।

आफ्नो ब्यक्तिगत ब्यस्तताका कारण पुस्तक निकाल्न ढिलो भएको बताउनु भएको छ।
दर्शन र अध्यात्म आफू हिड्ने बाटो बताउनु हुन्छ।रसुवा गजल गीत र कविता मात्र नभई भक्तिरस युक्त भजन पनि लेख्नु हुन्छ।
“राम नाम प्यारो हरि नाम प्यारो
जपे मात्र मन्को हट्दछ अँध्यारो”
जस्ता धेरै लेख्नु भएको छ ।

सुनको अक्षर गजल संग्रहले वास्तविक ओजन बोकेको कारण पनि सबैले मन पराईदिनु हुनेमा आफू विश्वस्त रहेको समेत बताउनु भयो ।

Comments

comments