रसुवाकाे कालिकास्थान सहकारी प्रदेश ३ सरकार बाट पुरस्कृत

Langtangnews.comlOGO

काठमाडौं । रसुवाकाे कालिकास्थान सहकारी सहित ११ सहकारी प्रदेश ३ सरकार बाट पुरस्कृत भएकाे छ ।

प्रदेश ३ सामाजिक विकास मन्त्रालयले महिला उद्यमशीलता प्रोत्साहन कार्यक्रम अन्तर्गत उत्कृष्ट महिला सहकारी संस्थाको रुपमा उक्त सहकारीलाई पुरस्कृत गरेको हो । “लैंगिक समानताका लागि समान सोच र व्यवहार स्समृद्धिको आधार भन्ने मुल नारा लिएर मनाईएको महिला दिवसको अवसरमा प्रदान गरिने पुरस्कार शुक्रबार एक कार्यक्रमका वीच राष्ट्रिय महिला आयोगको सभाहल काठमाडौँमा मिलिजुली सहकारी सहित ११ जिल्लाका उत्कृष्ट महिला सहकारी लाई पुरस्कार प्रदान गरिएको छ ।

प्रदेश ३ का पुरस्कृत ११ ओटा सहकारीहरूमा मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्था धादिङ, हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्था लि मकवानपुर, गुराँस महिला बचत तथा ऋण सहकारी संस्था, सिन्धुली, प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था चितवन, त्रिपुरा महिला सहकारी संस्था दोलखा, कमलको फुल महिला बहुउद्देश्यीय सहकारी संस्था, सिन्धुपाल्चोक, कालिकास्थान बचत तथा ऋण सहकारी संस्था रसुवा, समाज सेवा जागृति तथा ऋण सहकारी संस्था लि रामेछाप, मनकामना महिला बचत तथा ऋण सहकारी संस्था, भक्तपुर ,पञ्चकन्या महिला बहुउद्देश्यीय सहकारी संस्था, काभ्रे र गोठाटार महिला बचत तथा ऋण सहकारी संस्था काठमाडौं लाई दुई/दुई लाख रुपैँया पुरस्कार वितरण गरिएको छ ।

प्रदेश ३ सामाजिक विकास मन्त्रालयले १३ ओटा जिल्ला समन्वय समितिको सहयोगमा ११ जिल्लाका ११ ओटा सहकारीलाई कामको आधारमा छनोट गरि पुरस्कार प्रदान गरिएको ३ नम्बर प्रदेश सामाजिक विकास मन्त्री युवराज दुलालले बताउनु भयो ।

Comments

comments