रसुवाका आइतराम तामाङ्गलाई कतारबाट उपचार खर्च

Help Rasuwa

भदौ, १३ गते

वैदेशिक रोजगारीको लागि केही समय पहिला मलेसिया जानु भएका रसुवा कालिका गाउँ पालिका- १ राम्चे ग्राङका आइतराम तामाङ्ग गत जुलाई २७ तारिक बेलुका सडक दुर्घटनामा परी एउटै खुट्टा दुइैठाउँ भाचिएको र कम्पनीले कुनै उपचार खर्च नदिने भएपछि उपचार खर्च जुटाउनको लागि दोहामा पनि छुट्टा छुट्टै आर्थिक संकलन अभियान चलाएको थियो।

उक्त आर्थिक संकलन अभियान मार्फत ३हजार ४सय १८ रुपिया कतारी रियाल जम्मा भएको थियो। जसमध्ये रसुवा जिल्ला राम्चे निबासी दावा तामाङ्गनीले १३०० सय रियाल रसुवा राम्चे निबासी राम लामा तामाङ्गबाट ८०५ रियाल र रसुवा नौ कुण्ड ९६ का प्रदिप तामाङ्गबाट १३ सय १३ कतारी रियाल सङ्कलन गर्नु भएको थियो । जम्मा भएको नेपाली अक्षरुपी पन्चानब्बे हजार दस ९९ ५,०१०० रुपैया नेपालमा पीडितलाई यहीँ अगस्ट ३० तारिख बिहान काठमाडौंमै रहनु भएका सामाजिक युवा अभियानता तथा प्रेस सोसाइटी रसुवा शाखाका सदस्य समेत रहनु भएका सैलेश लोप्चनद्वारा हस्तान्तरण गरिएको छ।

मलेसिया स्थित विभिन्न व्यक्ति , संघ सस्थाबाट आर्थिक सहयोग भई बिरामीलाई नेपाल पठाउन सफल भएको थियो । मलेसियामा उपचार विधि निकै महङ्गो भएको कारण हाल काठमाडौं स्थित जोरपाटी आपाङ्ग अस्पतलमा उपचारको लागि भर्ना गरिएको छ । यसै गरि उपचार खर्च जुटाउनकै लागि रसुवाबासी साइप्रसबाट सरु तामाङ्ग , साङ्मो तामाङ्ग र इजरायलबाट रोजि मोक्तानले पनि सहयोग गरिरहनुभएको छ । कतारबाट टेलिफोन मार्फत कुरा गर्दै प्रदिप तामाङले बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोगीहरु प्रती धन्यवाद व्यक्त गर्नुभएको छ ।

शौलेश लोप्चन

Comments

comments