रसुवाका ढकाल सहित तीन सांसदलाई ‘क्लिन चिट’

langtang-center3

५ पुस, काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जनको उजुरीमा छानबिनपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवाबाट निर्बाचित सांसद ढकाल सहित तीन सांसदलाई ‘क्लिन चिट’एको छ ।

अख्तियारले सांसदहरु उमेश श्रेष्ठ, बाबुराम पोखरेल र जनार्दन ढकाललाई कारबाही नचल्ने गरी उजुरी तामेलीमा राख्ने निर्णय गरेको हो ।

तीनै जना सांसदले अकुत सम्पत्ति आर्जन गरेको भन्दै उजुरी परेपछि अख्तियारमा छानबिन चलिरहेको थियो । लिटिल एन्जल्स स्कुलका अध्यक्ष रहेका श्रेष्ठ कांग्रेसका समानुपातिक कोटाबाट सांसद भएका हुन् । भीएस निकेतनका अध्यक्ष पोखरेल मधेशी जनअधिकार फोरम लोकतान्त्रिक र ढकाल एमालेबाट सांसद भएका हुन् ।

Comments

comments