रसुवाका प्रमुख जिल्ला अधिकारी भण्डारी र पन्त अब्बल

cdo 2.jpeg

गृह मन्त्रालयले तयार पारेको रिर्पोट कार्ड अनुसार रसुवा जिल्लाको प्रमुख जिल्ला अधिकारी कार्यसम्पादन मुल्यांकनमा अब्बल ठहरिएका छन् । गृहले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको कार्यसम्पादन मूल्यांकनको आधारमा रिर्पोट कार्ड तयार पार्दै आएको छ ।

गतवर्ष पनि रसुवाका तत्कालिन प्रमुख जिल्ला अधिकारीहरू कृष्ण पाैडेल र अर्जुन भण्डारी कार्यसम्पादन मूल्यांकनमा अब्बल भएका थिए ।  यस वर्ष गृह सचिव र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच गत आर्थिक वर्षमा भएको कार्यसम्पादन सम्झौताको मूल्याङ्कनका आधारमा जिल्ला प्रशासन कार्यालय, रसुवा उत्कृष्ठ अर्थात ए ग्रेडमा पर्न सफल भएको हो ।

यस अघि रसुवामा रहेर अब्बल कार्यसम्पादन गर्ने पुर्व प्रमुख जिल्ला अधिकारी हुन अर्जुन भण्डारी र हालका प्रमुख जिल्ला अधिकारी  हरिप्रसाद पन्त । दुई वर्षभन्दा बढी समय रसुवा जिल्लामा रहेर चुस्त दुरुस्त सेवा प्रबाह गरेका भण्डारी अहिले गृह मन्त्रालयमा छन् । रसुवामा विगत दुई महिनादेखि हरिप्रसाद पन्त प्रमुख जिल्ला अधिकारीको छन् ।
यस अघि पनि भण्डारी रसुवा जिल्लामा रहेर काम गर्दा अघिल्लो वर्ष पनि कार्यसम्पादनमा अब्बल ठहरिएका थिए । अघिल्लो वर्षको रिर्पोट कार्डमा समेत कार्यसम्पादनका आधारमा रसुवा ए प्लस प्राप्ताक प्राप्त गरेको थियो । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको प्राप्तांक, प्रतिशत र ग्रेडिङ गर्दा रसुवाका प्रमुख जिल्ला अधिकारीले ९० दशमलव ६९ प्रतिशत अंक ल्याएका छन् ।  कार्यालयको नियमित काम बाहेक अन्य कामहरू गरिएको कारण उत्कृष्ट मा पर्न सफल भएका हुन् । पछिल्लो समय जिल्ला प्रशासन कार्यालय रसुवाले नियमित काम बाहेक अन्य कामलाई समेत अघि बढाउँदै गएको छ । प्रशासनलाई सुधार गर्नुका साथै अन्य निकायसँग समन्वय बढाएको छ ।

Comments

comments