रसुवाका समाजसेवी ‘ दावाफिन्जो तामाङकाे भेडीगोठदेखि राष्ट्रिय पञ्चायतसम्म ’ पुस्तक विमोचन

269858643_10219668792301857_966156413363413463_n

रसुवा ,  रसुवाका विकास प्रेमी समाजसेवी  ‘ दावाफिन्जो तामाङकाे भेडीगोठदेखि राष्ट्रिय पञ्चायतसम्म ’ पुस्तक विमोचित लामा गुरु काल्साङ रिन्पोछेको प्रमुख आतिथ्यमा काठमाडौँ सुकेधारा स्थित युनिभर्सल क्याफेमा आयोजित कार्यक्रम माझ पुस्तक विमोचन भयाे ।

268459490_2431343596999848_7487871976811969228_n

विमोचित पुस्तकमाथि डा. गणेश योञ्जन, डा. मुक्तसिंह तामाङ, भाषाविद् अमृत योन्जन-तामाङ साथै नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष एवं लेखक मोहन गोलेले समीक्षात्मक टिप्पणी राखेका थिए । कार्यक्रममा डा. योञ्जनले पुस्तकमा धेरै राम्रोसँग विषय समाविष्ट गरिएको तर राष्ट्रिय निकुञ्जको स्थापनापछि स्थानीयले भोग्नुपरेको पीडाको पाटो पनि संलग्न गरिएको भए उत्कृष्ट हुने बताए । मानवशास्त्री डा. मुक्तसिंह लामाले पुस्तकमा दावाफिन्जोको राजनीतिक जीवनका साथै सामाजिक-सांस्कृतिक जीवन पनि समाविष्ट गरिनु पुस्तकको सबल पक्ष रहेको बताए । कार्यक्रममा रसुवा तथा अन्य क्षेत्रका ब्यक्तित्व सहभागी थिए ।

भाषाविद् अमृत योन्जन-तामाङ पुस्तक लेखनदेखि साजसज्जा सबै हिसाबले राम्रो रहनुका साथै यसरी तामाङ प्रतिभालाई खोज्ने र तिनका जीवनी प्रकाशन सुरु गरिएकोमा प्रकाशक ताम्सालिङ नलेज सेन्टरलाई निरन्तरताको लागि शुभकामना समेत दिए ।  विभिन्न आठ खण्डहरू तथा छ वटा परिशिष्टहरूसहितको पुस्तक चार सय पेजको रहेको छ । पुस्तकमा दावाफिन्जो तामाङको बाल्यकाल, किशोरावस्था, राजनीतिक जीवन, विकास योजना तर्जुमा शिकारको अनुभव, सामाजिक सांस्कृतिक जीवन साथै विविध अनुभूतिहरू संग्नह गरिएका छन् । पुस्तकमा भाषाविद् अमृत योन्जन-तामाङ, अधिवक्ता फुर्पा तामाङ साथै लिलाबहादुर श्रेष्ठका मन्तव्य समावेश भएका छन् ।

269775336_10219668806582214_51193687196041862_n

Comments

comments