रसुवाका स्थानीय तहको बजेटका प्राथमिकता स्वास्थ्य, कृषि , पशुपालन, पर्यटन र पूर्वाधार

Naukunda Vrm

रसुवा, असार ८ गते । पाँचवटै स्थानीय तहले स्वास्थ्य, कृषि तथा पशुपालन र वातावरण तथा पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयार गरेका छन् ।

गोसाँइकुण्ड गाउँपालिकाले कृषि र पशुपालनमा लागनी बढाउने र स्थानीय तहमा रोजगारी सिर्जना गर्ने , काेराेना भाइरस (कोभिड -१९ ) बाट सुरक्षित राख्न तथा  कोरोना भाइरस रोकथाम तथा नियन्त्रण , पर्यटन र पूर्वाधार विकासमा मूख्य प्राथमिकता  रहेको गोसाँइकुण्ड गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवीलाल सापकोटाले बताउनुभयो ।
कालिका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश अधिकारीका अनुसार पूर्वाधार विकास (पर्यटन पूर्वाधार सहित) कोभिड–१९ विपद व्यवस्थापन, सामाजिक विकास स्वास्थ्य र शिक्षा, कृषि तथा पशुपालनमा जोड् दिएर रोजगारी सिर्जना गर्ने, वन तथा वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापन सहित र सार्वजनिक सेवा प्रवाह र संस्थागत सुशासन रहेको छ ।
उता नौकुण्ड गाउँपालिकाले भने पक्की पुल, सडक , वैदेशिक रोजगारीबाट फर्केका, युबा तथा महिला लक्षित उद्यम प्रवर्दन कार्यक्रम , प्राविधिमैत्री ,गुणस्तरीय शिक्षाको लागि, र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको गाउँपालिका उपाध्यक्ष सिजर्ना लामाले बताउँनुभयो ।

100602511_3163205560389452_7005622380294832128_n
उत्तरगया गाउँपालिकाले कोभिड–१९ रोकथाम तथा व्यवस्थापन, व्यवसायिक कृषि पशुपालन, स्वास्थ्य तथा सुरक्षा, पर्यटन पूर्वाधार विकास, शुसासन र वातावरण संरक्षणमा प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन खडकाले बताउँनुभयो । उता आमाछोदिङमो गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठका अनुसार पूर्वाधार विकास, स्वास्थ्य तथा कोभिड–१९ रोकथाम तथा नियन्त्रण , शिक्षा, पर्यटन विकास, कृषि, पशुपालन रहेको छ ।

Comments

comments