कालिका गाउँपालिकाको तेस्राे गाउँ सभा सम्पन्न

Kalika Rural Municipality (1)

असार २४ गते  , कृषि पशुपंक्षी तथा पर्यटनलाई आर्थिक श्रोतको रुपमा विकास गरी कालिका गाउँपालिकालाई सुन्दर समृद्ध गाउँपालिका बनाउ भन्ने नाराका साथ कालिका गाउँपालिकाको तेस्राे गाउँ सभामा अाब वर्ष २०७५/७६ को बजेट आज आइतबार प्रस्तुत भएको छ । Kalika Rural Municipality (94)

गाउँपालिका अध्यक्ष सिता अधिकारीकाे अध्यक्षतामा  भएकाे कार्यक्रममा उपाध्यक्ष भवानीप्रसाद न्याैपानेले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै आर्थिक विकासतर्फ गाउँपालिका भित्र दुध उत्पादन बढिरहेको सन्दर्भमा डेरीलाई व्यवस्थित गरी पशु स्वास्थ्य सेवामा, विस्तार नश्ल सुधार (कृत्रिम गर्भाधान तथा प्राकृतिक गर्भाधान) गरिने बताए ।Kalika Rural Municipality (17)

त्यसैगरी पशु आहारामा सुधार र पशु स्वास्थ्य सेवाको लागि प्राविधिक जनशक्तिको परिचालनमार्फत गाउँपालिकालाई पशुपालन क्षेत्रको रुपमा विकास गरी मासु क्षेत्रको रुपमा विकास गरी मासु, दुध, अण्डाको लागि आत्मनिर्भरतातर्फ उन्मुख एवं प्रोत्साहन गरिने बताइएकाे छ ।

यस्तै उद्योग तथा वाणिज्य सम्बन्धित नीतिमा स्थानीय श्रोत एवम् सीपको उपयोग गरी लघु घरेलु साना तथा मझौला उद्योग सञ्चालन गरिने छ । परम्परागत मूल्य र मान्यताका सांस्कृतिक रीतिरिवाजको संरक्षण र सम्बद्र्धनका कार्यहरू गरी कालिकास्थान स्याउबारी, लोकिल हुँदै गोसाईकुण्डसम्म पुग्ने पर्यटकीय, मार्ग निर्माणमा जोड दिई सहकारी संस्थालाई कृषि पर्यटन उद्योग, उर्जा जस्ता प्रत्येक्ष उत्पादनशील क्षेत्रमा परिचालन गर्ने गाउँपालिकाभित्र रहेका गाउँ कुनाकुनासम्म वैंकिङ सेवाका लागि बैंकहरुसँग सहकार्य गर्ने व्यवस्था गर्दै अगाडि बढ्ने लक्ष्य रहेको छ ।Kalika Rural Municipality (49)

सामाजिक विकासतर्फ गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुमा अनिवार्य रुपमा बालविकास कक्षाका शुरुवात गरिने जानकारी दिइन् । यसैगरी कक्षा १ बाट नै अंग्रेजी भाषामा पठनपाठन गर्ने नीति ल्याई विज्ञान तथा प्राविधिक शिक्षालाई गाउँबासीको पहुँचमा पुर्याउन कम्तीमा एउटा प्रयोगशाला सहित विद्यालयको स्थापनामा जोड दिइनेछ ।

स्वास्थ्य सेवाको पहुँच नपुगेका यस गाउँपालिकाका वस्ती तथा जनसमुदायको पहिचानका वस्ती तथा जनसमुदायको पहिचान गरी एकीकृत स्वास्थ्य सेवालाई घुम्ति वा विशेष शिविरमार्फत सबै सुलभ सेवा उपलब्ध गराइनेछ । स्वच्छ खानेपानीको दिगो व्यवस्थापनका लागि आयोजना निर्माणको क्रममा नै निश्चित रकम मर्मत सम्भार कोषमा राखी प्रत्येक उपभोक्ताले न्यूनतम रकम नियमित जम्मा गर्नुपर्ने नीति लिदै खानेपानी आयोजनाहरू उपभोक्ता तथा सरसफाई समितिलाई हस्तन्तरण गरिनेछ । Kalika Rural Municipality (79)

पालिकाभित्र किरिया घरहरुको निर्माण गर्न सहयोग गर्ने नीति लिई पालिका भित्रका विभिन्न स्थानहरुमा निर्माण गरिएका खेल मैदानहरुलाई स्तरोन्नती गर्दै राष्ट्रिय मापदण्ड अनुसारको खेल मैदान निर्माण गरिने छ ।Kalika Rural Municipality (73)

लैङगिक समानता तथा सामाजिक समावेशी करण सम्बन्धी नीतिहरुमा पालिकाभित्र सञ्चालन गर्ने कार्यक्रमहरुमा आदिवासी जनजाती, दलित र अपाङगता भएका समूदायको समानुपातिक प्रतिनिधित्वको सुनिश्चित गर्दै लक्षित वर्गको सामाजिक तथा आर्थिक तथा समाजिक सशक्तिकरणका लागि कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

यस्तै स्थानीय सडक पुल झोलुङगे पुल तथा पूर्वाधार सम्बन्धी नीति, सिचाई भवन तथा सदकारी विकास उर्जा लघु तथा सहकारी विकास उर्जा लघु तथा साना जल विद्युत र वैकल्पिक उर्जा सञ्चालन सम्बन्धी नीति वन तथा भू-संरक्षण, वातावरण संरक्षण विपद् व्यवस्थापन सामान्य सेवा, सूचना प्रविधि, पन्जिकरण व्यवस्थापन स्थानीय तथ्याङ्क संकलन शुसाशन प्रवद्र्धन सम्बन्धी नीति तथा विविध विषय समेटी कार्यक्रम पेस गरिएको थियो । शिक्षा स्वास्थ्य युवा लक्षित याेजना बनाएर सीप तथा राेजगार मुलक कार्यक्रम बनाउन समेटिएकाे छ । कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य चित्रकुमारी न्याैपानेले शुभकामना दिनुभएकाे थियाे ।

Kalika Rural Municipality (99)

वडा न‌ ४ मा सात चरण पुरा गरेर याेजना छनाैट नभएकाे भन्दै सभामा गुनासाे गरेकाे थिए । कालिका गाउँपालिका ४ का अनन्त पाैडेलकाे अगुवाइमा अाएका युवाहरुले वडा अध्यक्षले मनाेमानी याेजना छानेकाे उनीहरुले बताएका थिए । अाफ्नाे  बिचार राख्न नदिएकाे प्रति उनीहरुकाे गुनासाे गरे । वडा सदस्यहरुले पनि प्रस्तुती माथि टिप्पणी गरेका थिए । प्रमुख प्रशासकीय प्रमुख माेहनकुमार श्रेष्ठ र अध्यक्ष सीता अधिकारीले जवाफ दिएका थिए ।  विनियोजन ऐन २०७५’ लगायत  बिभिन्न एेन पारित भएकाे ५ । निति तथा कार्यक्रम गाउँ सभामा प्रस्तुत भए पनि सार्वजनिक भएकाे छैन । Kalika Rural Municipality (79)

Kalika Rural Municipality (65)

Comments

comments