रसुवाको पाँचै पालिकामा एमालेको सम्भावना

IMG_0682

IMG_0664

रसुवा, बैशाख २३ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा रसुवाको पाँच वटै गाउँपालिकामा नेकपा (एमाले) को जितको सम्भावना बढ्दै गएको छ । विभिन्न पालिकामा चुनावी अभियानसँगै भिन्न पार्टीबाट एमालेमा प्रवेश गर्नेको जनलहर बढ्दै गएपछि पाँचै पालिकामा जितको सम्भावना बढ्दै गएको एमालेका केन्द्रीय सदस्य माधव अर्यालले बताउनु भयो । रसुवामा १३९६५ पुरूष मतदाता र १३७९१ महिला मतदाता गरी जम्मा मतदाता २७७५६ रहेका छन् ।

एमालेमा ओइरो, अरू पार्टीमा पहिरो

चुनावी अभियान सञ्चालन गर्नु पूर्व नै रसुवामा अन्य पार्टीबाट एमालेमा आबद्द हुने वा प्रवेश हुनेको जनलहर बढ्दै गएको छ । काठमाण्डौं केन्द्रीय कार्यालय र रसुवाका विभिन्न स्थानमा सञ्चालन भएका कार्यक्रममा हालसम्म अन्य पार्टीबाट प्रवेश गर्नेको संख्या ६२३ पुगेको छ । नेपाली काङ्ग्रेस, एमाओवादी र नयाँशक्तिबाट थुप्रै संख्यामा कार्यकर्ताहरू एमालेमा प्रबेश गरेका छन् । एमाले सिद्दान्त र पद्दतिमा चलेको छ भन्दै यहाँ प्रवेश गर्नेको संख्या बढेको छ । नयाँशक्ति नेपालले शेयरको नाममा भ्रम छर्दै रकम असुलेको र जनतालाई झुक्याएको कारण पनि नयाँशक्तिका कार्यकर्ता एमालेमा प्रबेश गरेका हुन् ।

एमालेका को को छन् पालिका प्रमुखका उम्मेद्वार ?

नेकपा (एमाले) ले रसुवाका विभिन्न पालिका र वडामा कार्यकर्ताको मनोभावना र जनमत अनुसारका नेताहरूलाई उम्मेद्वार बनाएको छ । उत्तरगया गाउँपालिकाको प्रमुखमा अशोक घिमिरेको उम्मेद्वारी रहेको छ । घिमिरे लामो समयदेखि एमालेको संगठनमा रहेर काम गरिसक्नु भएको छ । लगभग राजनीतिमा नै सबै जीवन अर्पेका घिमिरे शिक्षण पेशाबाट राजनीतिमा आउनु भएको हो । वडा कमिटिदेखि, गाउँ कमिटि, भेगीय कमिटि, जिल्ला कमिटि हुँदै अञ्चल कमिटिमा रहेर कुशलतापूर्वक कार्य गरेका घिमिरे हाल प्रदेश नं ३ का सदस्य पनि हुनुहुन्छ ।
त्यस्तै गोसाईकुण्ड गाउँपालिकाका प्रमुखमा कैसाङनुर्बु तामाङको उम्मेद्वारी रहेको छ । मानेकोर सोसाईटी नामक गैरसरकारी संस्थाबाट आफ्नो सामाजिक छबि बनाएका तामाङ उद्योग वाणिज्य महासंघ रसुवाका अध्यक्ष पनि हुन् । विशेष गरी महिला तथा जनजातिको उत्थानका लागि अहोरात्र खटिएका तामाङको पालिका प्रमुखमा जित हुने पक्कापक्की छ । माथिल्लो भेगका महिलाहरूलाई मञ्चमा उभिएर बोल्न सक्ने बनाउने व्यक्तिको नाममा उनको नाम सँधै जोडिएर आउने गर्दछ । विकासको खाका बनाउन सक्ने र योजना ल्याउन सक्ने नेताको रूपमा पनि चिनिन्छन् उनी ।

पार्वतीकुण्ड गाउँपालिकाको प्रमुख पदको उम्मेद्वारमा एमालेले लाक्पागोम्बो तामाङलाई उठाएको छ । पर्यटन व्यावसाय र नेपाल चीन व्यापार समेत् गरिरहेका तामाङ मृदुभाषी पनि हुन् । कालिका गाउँपालिकाका प्रमुखमा एमालेले सीतादेवी पौडेल (अधिकारी) लाई उठाएको छ । उनी रसुवाकै सकृय महिलामध्येकी एक हुन् । रसुवामा पालिका प्रमुखका रूपमा अन्तिम चुनावी मैदानमा पुगेकी उनी मात्र एक हुन् । एमाओवादीले दुई पालिकामा महिलालाई प्रमुखका उम्मेद्वार बनाए पनि अहिले उम्मेद्वार फिर्ता गराएको छ ।

त्यस्तै नवकुण्ड गाउँपालिका प्रमुखका उम्मेद्वार म्लाङ्दुङ मोक्तान (विकास) रहेका छन् । विकासप्रेमी नेताको रूपमा स्थापित मोक्तानका पक्षमा जनमत क्रमशस् बढ्दै गएको छ । नवकुण्ड गाउँपालिकालाई जडिबुटी, विद्युत विकास र पर्यटन विकासको माध्यमबाट सम्बृद्द बनाउने सपनासहित चुनावी मैदानमा होमिएका छन् मोक्तान । नेकपा (एमाले) ले पालिका उत्तरगया गाउँपालिकाको उपप्रमुखमा चमेली गुरूङ, गोसाईकुण्ड गाउँपालिकाको उपप्रमुखमा करग्याल्मो श्रेष्ठ, पार्वतीकुण्डमा नविना तामाङ, कालिकामा भवानीप्रसाद न्यौपाने र नवकुण्डमा सिर्जना लामालाई उम्मेद्वार बनाएको छ ।

अरू साँठगाँठ, एमाले एक्लै भिड्दै

रसुवाको विभिन्न गाउँपालिकामा एमालेको जनलहर बढेपछि निराश हुँदै एमाओवादी र नेपाली काङ्ग्रेसले चुनावी साँठगाँठ गरेको छ । गोसाईकुण्ड र नवकुण्ड गाउँपालिकामा एमाओवादीले प्रमुखको उम्मेद्वार बनाएको छैन भने नेपाली काङ्ग्रेसले उपप्रमुखको उम्मेद्वार बनाएको छैन । अरू पालिका पनि एमाओवादी र काङ्ग्रेसको साँठगाँठ हुन सक्ने बताइएको छ । कुनै कुनै वडामा नेपाली काङ्ग्रेस र नयाँशक्ति बीच पनि तालमेल हुन सक्ने बुझिएको छ । यस्तो अवस्थामा एमालेले एक्लै भिड्दा पनि जित सुनिश्चित भएको सबै गाउँपालिकाका प्रमुख पदका उम्मेद्वारहरू बताउँछन् ।

एमालेले तीन उम्मेद्वार निर्विरोध गर्दै रसुवामा खाता खोल्यो

नेकपा (एमाले) गोसाईकुण्ड गाउँपालिका वडा नं ४ का खुल्ला सदस्य पदका उम्मेद्वार छिरिङफिन्जो लोप्चन र ङेरूपछिरिङ तामाङ निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै पार्वतीकुण्ड गाउँपालिका वडा नं १ की दलित महिला सदस्य पदकी उम्मेद्वार जुरेली कामिनी निर्विरोध निर्वाचित भएकी छिन् ।

IMG_0682

Comments

comments