वाम गठबन्धन र जनताको समृद्धि

janardan_dhakal

जनार्दन ढकाल

यतिबेला मुलुक निर्वाचनको संघारमा छ । मुलुकमा नयाँ संविधान निर्माणपछिको यो पहिलो निर्वाचन हो । त्यसैले पनि यो निर्वाचनलाई महत्वपूर्ण दृष्टिले हेरिएको छ । मुलुकमा नयाँ संविधान निर्माणपछि, उक्त संविधानलाई कार्यान्वयन गर्नको लागि अवको निर्वाचनबाट चुनिने जनप्रतिनिधिहरूको गहन भूमिका हुनेछ । आगामी निर्वाचनबाट योग्य, सक्षम, देश प्रति कर्मठ, जनताप्रति निष्ठावान र दायित्वबोध भएको जनप्रतितिधि चयन गर्नु सम्पूर्ण जनताको हितमा हुनेछ ।

आगामी मंसिर १० गतेलाई पहिलो चरणमा र मंसिर २१ गतलाई दोस्रो चरणमा चुनाव तोकिएको छ । यस पटकको चुनाव विगतको भन्दा बेग्लै किसीमको हुनेछ । नेपालभर वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच चुनावी प्रतिष्पर्धा हुनेछ । चुनावी माहोलले जनताहरू राम्रो र योग्य जनप्रतिनिधि चयन गर्नको लागि आतुर देखिएका छन् । रसुवा जिल्लामा पहिलो चरणमा चुनाव हुनेछ र यसको तयारी भइसकेको छ ।अहिलेसम्म पनि मुलुक संक्रमकाल अवस्थामा छ । देशले विकासको गति लिन सकेको छैन । च्याउसरी उम्रिएका राजनीतिक दल र अस्थिर राजनीतिक प्रणाली र म्यादी सरकार, विकासको बाधक भएको विषय हामी सबैलाई छर्लगं छ । यही कारण हामीले चाहेजस्तो विकासले गति लिन नसकेको हो । अव हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि संक्रमणकाल अन्त्य भई मुलुकले विकासको गति समाउनेछ भन्ने विश्वास लिइएको छ ।

२०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनमा मलाई रसुवा जिल्लाबाट जनताहरूले अत्यधिक मत दिई विजय गराउनुभएको थियो । रसुवाली जनताको जनप्रतिनिधिको हैसियतमा झण्डै ५ वर्ष मैले रसुवाली जनतासँग नजिक रहेर काम गर्ने अवसर पाएँ । यो कार्यकाल मेरो लागि एक सिकाइमुलक रह्यो । धेरै गाउँहरूमा विकासको निमित्त प्रक्रियाहरू पनि अघि बढाइएको छ । यो अवधिमा जनताले मलाई दिनुभएको कार्यभार मैले कुशलतापूर्वक निभाएको छु ।

मुख्य कुरा संविधान निर्माणमा मेरो भूमिका महत्वपूर्ण रह्यो । लामो समयदेखि अस्थिर राजनीतिले गाँजेको मुलुकलाई नयाँ संविधान निर्माण भएसँगै यसले मुलुकलाई अग्रगतीमा अघि बढ्नको लागि महत्वपूर्ण भूमिका खेलेको छ । जुन हाम्रो कार्यकालको सफल प्रयास् रह्यो ।
अव हुने निर्वाचनमा पुनः रसुवा जिल्लाबाट प्रतिनिधि सभाको लागि उम्मेदारी दिएको छु । मेरो उम्मेदवारी रसुवा जिल्ला र रसुवालीप्रतिको मेरो विगतका बाँचा, समृद्ध रसुवा निर्माण मेरो सपना र बाँकी रहेका काम पूरा गर्नको लागि हो । यो विषय सम्पूर्ण रसुवालीले बुझ्नु भएको छ र हरेक दिनको उल्लासमय जनप्रवाहले पनि यो झल्को दिइरहेको छ ।

हामी रसुवा जिल्लामा यतिबेला वाम गठबन्धनको रुपमा चुनावी मैदानमा छौं । वाम गठबन्धनको तर्फबाट प्रदेशतर्फ रसुवा क्षेत्र नम्बर १ मा नेकपा एमालेका आदरणीय नेता एवम् अध्यक्ष कन्र्याल लामा र क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका आदरणीय नेता एवम् अध्यक्ष इन्द्र गौतम जगतजंग चुनावी मैदानमा छौं । वाम गठबन्धनका तीनै जना नेतालाई रसुवाली जनताले अत्यधिक मत दिई आगामी ५ वर्षमा समृद्ध रसुवा निर्माण गर्ने कार्यभारसमेत सुम्पनेछन् भन्ने पूर्ण विश्वास पनि लिएका छौं ।

हामी एक्साइसौं सताव्दीमा छौं । यो शिक्षा, सञ्चार र विज्ञानको युग । तर हामी रसुवाली जनता कुन अवस्थामा थियौं र छौं । यसमा हामीले चिन्तन् मनन् गरौं । समीक्षा गरौं । हिजो २०७० को चुनावभन्दा अघिको रसुवा र त्यसपछिको रसुवाको विकास र गतिलाई समीक्षा गरौं । समीक्षा र मनन्बाट आगामी योजना निर्माण गर्नको लागि मार्गहरू प्रशस्त देखिनेछन् । यतिबेला हामी आगामी ५ वर्षभित्र हामीले भनेजस्तै र देखेजस्तै समृद्ध निर्माण गर्नको लागि कार्यभारहरू के के हुन आवश्यक छन् भन्ने विषयमा योजनाहरू बनाइरहेका छौं । यो चुनावमा हामी जनतालाई आशामात्र बाड्ने होइनौं, विगतमा गरेका कामको उपलब्धीलाई प्रस्तुती गर्दौ आगामी दिनको प्रतिवद्दता पनि व्यक्त गर्दछौं ।

दुरीको हिसावले राजधानीदेखि नजिक भएरपनि रसुवा एक विकट जिल्लाकै रूपमा चित्रित छौं । विकासको बाधक यहाँको भुगोल होइन्, राजनीतिक चेनता हो । चेतनास्तर हो । त्यसलाई चिर्दै गत संविधान सभाको निर्वाचनपछि हामीले धेरै विकास निर्माण गरेका छौं । जनतासँग हातेमालो गरेर गाउँ गाउँमा सडक सञ्जाल जोड्ने हाम्रो सपना धेरै हदसम्म पूरा भएको छ, र केही बाँकी छन्, जुन हामी केही वर्षभित्रै पूरा गर्नेछौं । गाउँहरूमा सडक सञ्जालहरू हामीले जोडेका छौं । सडक सञ्जालको स्तोरउन्नतीको लागि योजनाहरू अघि बढाएका छौं । यसको लागि हामी सदा खटेका छौं ।

रसुवाली जनताको चाहना र समयको मागसँगै उज्यालो र समुन्नत रसुवाको चित्र कोरिएको छ । समृद्धिको परिकल्पनाहरू गरिएका छन् । बिहान—बेलुकीे हातमुख जोर्न सङ्घर्ष गरिरहेका रसुवालीलाई आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक हैसियत उकास्दै समुन्नत बनाउने योजनामा छौं । अन्यौलपूर्ण र नजानिदो तरिकाले मध्यमाञ्चलको कर्णालीको संज्ञा पाएको यस जिल्लामा विकासका सम्भावनाहरू छन् । तर तिनलाई वास्तविकतामा नउतारेसम्म कसैले पत्यादैनन् । यसको लागि समय चाहिन्छ । र जनताको निःस्वार्थ साथ चाहिन्छ । यसैले हाम्रो मुख्य दायित्व भएका सम्भावनाहरूको उचित संयोजन गरी विकासमा लम्किनु हुनेछ । यसको लागि हामीले जनतासँग कसम खाएका छौं । क्रमशः विकास निर्माणमा हाम्रो दायित्व रहनेछ ।

विगतमा रसुवाले नेता पायो विकास पाएन । आश्वास पाए परिर्वतन पाएनन् । गोसाइँकुण्डको पानी घरघरमा पु¥याइने सपना बाडियो तर जनता काकाकुल भई बाच्न आजसम्म विवश छौं र पनि आत्तिएका छैनौं । अहिले पनि हिजोका सामान्ती सोंच भएका, आफूलाई सभ्रान्त भन्नेहरू फेरी पनि जनताको घरदैलोमा भ्रमको खेती गर्न आएका छन् । नचाहिँदा अफबाह फैलाइदैंछ, पैसाको आडमा राजनीतिलाई किनवेच गर्ने भेडा बाख्रा सरह बनाइदैछ । यो विषय आजको रसुवाली जनताले राम्रैंसँग बुझेका छन् । हामीलाई विश्वास छ, अवको दिनमा यस्ता भ्रमका खेती गर्ने र पैसालाई राजनीतिकसँग तौलने नेताहरूलाई जनताले विफल पार्नेछन् ।

हामीले चुनाव जितेको २ वर्षपछि भूकम्प गयो । यो प्राकृतिक प्रकोप थियो । अहिले भूकम्पले थिलथिलिएको संरचना पुनर्निर्माणको क्रममा छ । सारा रसुवाली जनता भूकम्पको मारमा परे । भूकम्पले थला पारिएको रसुवा उठाउनको लागि जनप्रतिनिधि हैसियत अहोरात्र पसिना बगेको छ । चाहे त्यो उद्दार कार्यमा होस् वा तत्कालिन समयमा घरघरमा राहत पु¥याउन किन नहुन् । हरेक गाउँमा पुगेर भूकम्पले दिएको पीडा कमी गर्नको लागि एक जनप्रनितिधिको हैसियतले गर्नुपर्ने मेरो दायित्व मैले पुरा गरेको छु, जुन कुरा तपाईं जनताहरूले मुल्याङ्कलन गर्नुभएको छ । भूकम्पले ध्वस्त भएको संरचनाको पूनर्निर्माण गर्नुछ, जनतालाई न्यानो छानोमुनी राख्नुछ, यसको हामीले दिर्घकालिन महत्वको योजनाहरू पनि बनाएका छौं । हामी विश्वास दिलाउन चाहन्छौं, अवको निर्वाचनपछि बामगठबन्धको बहुमत सरकार बन्नेछ र सम्पूर्ण जनताहरूलाई सुरक्षित घरबास र उचित रोजगारी र जीविकोपार्जनको व्यवस्थापन गर्ने हाम्रो मुल लक्ष्य छ । यसको लागि हामीलाई जनताको साथ आवश्यक छ ।
यहाँको प्रमुख पर्यटकीय क्षेत्रको कारण यहाँ रहेका जैविक विविधता, सांस्कृतिक, ऐतिहाँसिक र धार्मिक स्थलहरू र सुन्दर हिमालयहरूले यसको परिचय विश्वमै चिनाएको छ । जलस्रोतको अत्यन्तै धनी यस जिल्लामा यतिबेला दजनौं जलविद्युत केन्द्रहरू स्थापना भइरहेका छन् । यही सम्भावनाहरूलाई उचित प्रयोग र दीर्घकालिन योजना बनाएर अघि बढ्ने सके रसुवा निकट भविष्यमै समुन्नत हुने कुरामा दुईमत छैन । अवको केही वर्षपछि रसुवाली जनताको हात हातमा दर्जनौं जलविद्युत कम्पनीको शेयरहरू हुनेछन्, यसले सम्पूर्ण रसुवाली जनता आर्थिकरुपमा सक्षम हुनेछन् ।

नेपालको तेस्रो पर्यटकीय गन्तव्यको रूपमा विश्वमा नै परिचय स्थापना गर्न प्रयत्नशील लाङटाङ क्षेत्रको समुचित विकासका लागि हिमाल, जैविक विविधता, वन्यजन्तु, विश्व रामसार क्षेत्रमा सूचिकृत पवित्र तिर्थस्थल गोसाइँकुण्डलगायतका तालतलैयाको उचित संरक्षण कार्यलाई प्राथमिकतामा राखी यहाँका नयाँ तथा पुराना पर्यटकीय पथलाई विश्व बजारमा प्रचारप्रसार गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेका छौं, यसको लागि हामीले विगतका वर्षहरूबाट नै उचितरुपमा विकासको गति बढाएका छौं, यी अधुरा काम पूरा गर्नु हाम्रो प्रमुख दायित्व हुनेछ ।
भर्खरै मात्र केरुङ नाका खुलेको छ । अव यो छिट्टै त्रिदेशीय (चीन–नेपाल–भारत) व्यापारको दृष्टिले छोटो नाकाको रुपमा स्थापित हुँदैछ । नेपाललाई मुख्य व्यापारिक केन्द्र बनाउन सकिने सम्भावनाहरू छन् । यो क्षेत्र रसुवा जिल्लामा नै पर्ने भएको हँुदा अवको केही वर्षमा नै रसुवालीको थप आर्थिक समृद्धी बढ्नेछ । कोही पनि रसुवाली अव गरिबीमा बाँच्नुपर्ने अवस्था आउनेछैन । कोही पनि रसुवाली अव बेरोजगारी हुनुपर्ने अवस्थाहरू आउनेछैनन् ।

रसुवा हिमाली जडिबुटीमा प्रचुर सम्भावना बोकेको कारण यहाँ बहुमुल्य जटिबुटीहरू उत्पादन भइरहेका छन् । यसको लागि जडिबुटी तथा तरकारी र पशुजन्य उत्पादन गरी बाह्य क्षेत्रमा आफ्नो उत्पादन बिक्रीमार्फत साटासाटको नीति अवलम्बन गरी थप बढाउने रणनीति अबिलम्ब गर्नु पनि त्यत्तिकै आवश्यकता छ । यसको समुचित विकासको लागि हामीले दिर्घकालिन योजनाहरू पनि बनाएका छौं ।
यी तमाम् क्षेत्रको सुधार र समुन्न रसुवा निर्माण गर्न र सबै रसुवाली एकजुट हुनु आवश्यक छ । यसो भएमा दीर्घकालिन विकासको थालनी हुन्छ र सबैमा अपनत्व पनि बढ्छ । हरेक वस्ती वा वडामा कमसेकम एउटा भनेपनि नमूना योजना सञ्चालन गरी विकासमा अपनत्वको भावना जनतामा जगाई सुदृढिकरण तथा स्थायित्व गर्ने दिशामा हामी जानु आवश्यक छ । यसो हुँदा हामीले समृद्ध, आत्मनिर्भर जिल्लाको विकास गर्न सक्नेछौं ।

हामी सम्पूर्ण नेपालीको चाहना, समृद्ध र विकास, आर्थिक रुपमा सक्षम । यो सपना पुरा गर्नुको लागि योग्य जनप्रतिनिधि चयन गर्नु जरुरी छ । यसकारण पुनः एक पटक जिम्मेवारी दिनुहुनेछ भन्ने पूर्ण विश्वास पनि लिएको छु ।
कार्यकालका केही उपलब्धीहरु :
 संविधान निर्माणमा सकारात्मक भूमिका निर्वाह गरी संविधान निर्माण कार्य सफलतापूर्वक सम्पन्न ।
 २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पको समयमा अहोरात्र खटी खोज, उद्दार र राहतमा महत्वपूर्ण भूमिका निर्वाह गरी भूकम्प पीडित परिवारको उचित पुनर्निर्माण, पुनस्र्थापना र पुनर्वास कार्यमा समेत निरन्तर खटिरहेको छ । साथै विस्थापित परिवारको उचित पुनर्वासको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायत सम्बन्धित निकायसँग समन्वय गरी सहयोग पु¥याइएको ।
 रसुवा जिल्लाको राम्चेमा भएको बस दुर्घटनामा ३४ जनाको मृत्यु भईरहँदा बाँकी रहेका घाईतेलाई तत्लीन उद्दार गरी १० मिनेट भित्रमा हेलिकप्टर व्यवस्थापन गरी उपचारमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको ।
 रसुवाका जनताको लामो समयदेखिको जटिल समस्याको रूपमा रहेको गुठी जग्गा र बिर्ता जग्गा दर्ताको समस्या समाधान गरी गुठी जग्गा हाकु र बिर्ता जग्गा भोर्ले, धैबुङ र लहरेको जनतालाई पूर्जा वितरणमा उल्लेखनीय भूमिका निर्वाह गरेको ।
 अन्तराष्ट्रिय दोस्रो ठूलो नाका रसुवागढीको व्यवस्थापन र त्यहाँ हुने विविध प्रकारको अवैध गतिविधि नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको ।
 गोसाईकुण्ड गाउँपालिका, टिमुरेमा सुख्खा बन्दरगाह निर्माणका लागि जग्गा प्राप्तिदेखि निर्माण गर्न सकारात्मक भूमिका निर्वाह गरेको ।
 रसुवाको टिमुरेमा एकीकृत भन्सार कार्यालय निर्माण गर्न र रसुवागढीको ऐतिहाँसिक, पुरातात्विक संरचना रसुवागढी निर्माण गर्न झण्डै १ अर्बको बजेट व्यवस्थापन गर्नको लागि समन्वयकारी भूमिका निर्वाह गरेको ।
 नौकुण्ड गाउँपालिकाको यार्सा जिल्लाकै बिकट मानिन्छ, त्यस स्थानमा सडक बाटो लान पहिलो वर्षकै कार्यकालमा १५ करोड बजेट व्यवस्थापन गरी यार्सामा बाटो पु¥याइससकेको ।
 नौकुण्ड गाउँपलिका र जिल्लाको अन्य स्थानहरू आरूखर्क, लाङ्बु, घोर्मु, बेताङ, बच्चा, दोकलाङ, घाङमर, युब्रा, बाँसभञ्ज्याङ, ज्याङलाङलगायतका धेरै स्थानमा सडक सञ्जाल पु¥याइएको ।
 नौकुण्ड गाउँपालिकाकै ठूलो भोर्लेबाट पारच्याङ पाटीखर्क सडक पु¥याउन ३ करोड बजेट व्यवस्थापन गरी उक्त स्थानमा गाडी पु¥याउने कार्य सम्पन्न ।
 कालिकास्थान घुम्तीदेखि जिबजिबे–किमारजोङ–लामाचेत–चिती–बडहरे, कोलडाँडा सडक विस्तार र कालोपत्र गर्न २१ करोड ५२ लाख बजेट व्यवस्थापन गरी सडक स्तरोन्नती गरी कालोपत्रे गर्नका लागि टेण्डर आव्हान
भइसकेको ।
 कालिका गाउँपालिकामा सुविधा सम्पन्न सभाहल निर्माण गर्न १० करोड बजेट व्यवस्थापन गर्न सफल र निर्माणको प्रक्रिया सुरू भइसकेको छ ।
 उत्तरगया गाउँपालिका डाँडागाउँ र ठूलोगाउँको सडक विस्तार गरी कालोपत्रे गर्न २८ करोडको टेण्डर आव्हान हुने अवस्थामा पु¥याउन सफल ।

लेखक : निवर्तमान सांसद् तथा प्रतिनिधी सभा सदस्य उम्मेदवार हुन् ।

Comments

comments