रसुवागढीकाे सेयरका लागि झण्डै ६० लाख कित्ता आवेदन दर्ता

rasuwagadhi hydro (1)

रसुवा, गोसाइकुण्ड गाउँपालिकामा सञ्चालित रसुवागढी जलविद्य्त कम्पनीको सेयरका लागि ५९ लाख ६० हजार ८ सय ७० कित्ता सेयरकाे आवेदन दर्ता गरेका छन् । असार १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि निष्काशन सेयरकाे म्याद पुन थप भएपछि साउन ३१ गतेसम्म आवेदन दिने सकिने छ ।  rasuwagadhi hydro

रसुवा जिल्लाबासीका लागि रसुवागढीले १ सय रुपैयाँ अकिंत ६८ लाख ४२ हजार १ सय कित्ता शेयर निष्कासन गरेको छ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । कम्पनीले गोसाईंकुण्ड गाउँपालिका १ थुमन र वडा नम्बर २ टिमुरेलाई  अति प्रभावित, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ्मो गाउँपालिका ४ गोल्जुङ, वडा नम्बर ५ चिलिमे र गोसाईंकुण्ड गाउँपालिका–४ लाङटाङ, ५ स्याफ्रु र ६ धुन्चेलाई प्रभावित तथा बाँकीलाई जिल्लाका ३ गाउँपालिकाबासीलाइ सामान्य प्रभावित गरी तीन भागमा वर्गीकरण गरिएको छ । कम्पनीले स्थानीय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ६८ लाख ४२ हजार १०० कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

जसमध्ये सेयरमा अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं.१ थुमन र वडा नं. २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइ कुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नं. ४ लाङटाङ, वडा नं. ५ स्याफ्रुबेशी र वडा नं. ६ धुन्चे तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका ३ गाउँपालिका बासिन्दाहरुका लागि निष्कासन गरीएको छ ।  कुल १० प्रतिशत शेयरमा अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र र सामान्य प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि क्रमशः ४.५ः१.५ः१ अनुपातमा बाँडफाँट गरिने कम्पनीका सचिव नरनाथ न्याैपानेले बताउनुभयाे ।

अहिलेसम्म ३१ हजार ५ सय ९८  जना जिल्लाबासीले ५९ लाख ६० हजार ८ सय ७० कित्ता सेयरका लागि आवेदन दिएका हुन् । जसबाट कुल विभिन्न बैंकहरुमा ५९ करोड ६० लाख ८७ हजार रुपैयाँ जम्मा भएको छ । वि सं २०७८ काे जनगणना अनुसार रसुवाकाे जनसंख्या ४५ हजार ५ सय ५४ रहेकाे छ । यस अवधिमा जिल्लाकाे दुर दराजका गाउँमा पनि सूचना पुग्ने र सेयरका लागि आवेदन बढ्ने कम्पनीले जनाएकाे छ ।