रसुवागढी नाकामा क्रमिक नम्बर प्रणाली अनुसार ट्रक तथा कन्टेनर सञ्चालन हुने

Mulkharka Rasuwa landslide (6)

रसुवा, रसुवागढी नाकामा क्रमिक नम्वर प्रणाली अनुसार ट्रक तथा कन्टेनर सञ्चालन गरिने भएको छ ।
नाकामा सञ्चालन हुने सम्पूर्ण कन्टेनर व्यवयासीले कन्टेनरको नम्वर पाउँने र त्यही नम्बरको आधारमा क्रमिक नम्वर प्रणाली अनुसार सञ्चालन हुने भएको हो ।

चीनसँगको एक मात्र व्यापारिक नाका रसुवागढीमा व्यवसायीहरु बिच अस्वस्थ प्रतिस्पर्धा बढेको र पहुँचवाला व्यापारीले मात्र सामान ल्याउन तथा पठाउने क्रम बढेको व्यवसायीले गुनासो गरिरहेका थिए ।

रुटको व्यवस्थापन तथा व्यवसायीको संरक्षणका लागि खोलिएका संगठनको असमझदारी र अस्वस्थ प्रतिस्पर्धाका कारण व्यवसाय नै जोखिममा परेको भन्दै नाकामा सञ्चालनमा रहेका ११ वटा कन्टेनर व्यवसायीले समन्वय समिति समेत गठन गरेका छन् । सञ्जिव डिएमको संयोजकत्वमा रसुवागढी ट्रक कन्टेनर व्यवस्थापन समन्वय समिति गठन गरिएको व्यवसायीले वताएका छन् ।

नाका अव्यवस्थित हुँदा ट्राफिक जामको समस्या बढेको तथा असुरक्षा बढेकोले व्यवसायलाई निरन्तर सञ्चालनका लागि समिति निर्माण गरिएको संयोजक डिएमले बताउनुभयो ।

नाकामा अहिले पासाङल्हामु मिनी ट्रक तथा कन्टेनर व्यवसायी संघ, रसुवा मिनी ट्रक तथा कन्टेनर व्यवसायी संघ,  लाङटाङ मिनी ट्रक तथा कन्टेनर व्यवसायी संघ, जनमुखी कन्टेनर व्यवसायी संघ, गोसाइकुण्ड कन्टेनर व्यवसायी संघ, माहायना कन्टेनर व्यवसायी संघ, रसुवा केरूङ कन्टेनर व्यवसायी संघ, हिमालय कन्टेनर व्यवसायी संघ, मैत्री ट्रक कन्टेनर संयुक्त व्यवसायी संघ, नेपाल केरूङ कन्टेनर व्यवसायी संघ र ल्हासो ढुवानी ट्रान्सपोर्ट रहेका छन् ।

Comments

comments