रसुवागढी नाका व्यवस्थित बनाउन माग गर्दै ज्ञापनपत्र

Rasuwagadhi naka

रसुवा, २५ फागुन । रसुवागढी नाका व्यवस्थापन समन्वय समितिले चीनसँगको नाका अव्यवस्थित भएको भन्दै मंगलवार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्र बुझाउँदै समितिका संयोजक माधव लामिछाने समिरले हजारौंको रोजिरोटीको माध्यम बनेको नाका अहिले आएर गरीबहरुलाई सुकुम्बासी बनाउने साधन बन्न लागेको हो कि भन्ने अवस्था श्रृजना भएको बताए ।

उनले ट्रक कन्टेनरहरुमा प्रहरी र चुल्ठे मुन्द्रेहरुको अघोसित सिन्डिकेटले बैंक ऋण तिर्न नसकेर कन्टेनर व्यवसाय नै धरापमा पर्न थालेकाले सरोकारवाला सबै गम्भीर बन्नुपर्ने बताए ।

‘केरुङ्मा कन्टेनर नपाएर स्याउ लगायतका कृषिजन्य बस्तुहरु कुहिने अवस्था छ’, उनले भने ‘यता नेपालमा कन्टेनर जबरजस्ती पार्किङ्गमा राख्ने गरिन्छ ।’ प्रमुख जिल्ला अधिकारीमार्फत व्यवसायीका समस्याहरु हल गर्न आवश्यक पहल होस् भन्दै आफुहरु ज्ञापन—पत्र बुझाउन आएको भन्दै उनले समस्या समाधानका लागि उचित पहल हुन नसके आन्दोलनको दोस्रो चरणमा जान बाध्य हुने बताए ।

समितिले ११ बँुदे ज्ञापन—पत्र बुझाउँदै नेपाल प्रहरीद्वारा लागु गरिएको टोकन प्रणाली अन्त्य गर्नुपर्ने, अनाधिकृत ढंगले खनिएका पार्किङ्गहरु हटाइनुपर्ने ,सुरक्षा चेकजाँचलाई सरलीकृत गरिनुपर्ने, लाङटाङ राष्ट्रिय निकुङज क्षेत्रमा रातको समयमा पनि निर्वाध सवारी आवागमनको व्यवस्था हुनुपर्ने, केरुङ प्रवेशका लागि चालक र व्यवसायीहरुलाई पासको व्यवस्था गरिनुपर्ने, पासाँगल्हामु राजमार्गको स्तरोन्नती गरिनुपर्ने लगायतका माग राखेका छन् ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले नाकामा देखिएका समस्याहरु हल गर्न आफू निरन्तर लागिरहेको भन्दै रसुवागढी जलविद्युत आयोजनाको निर्माण कार्य चलिरहेका कारण ट्राफिक व्यवस्थापनाका लागि टोकन प्रणाली लागु गर्नुपरेको बताए ।

उनले अहिलेको अवस्थामा टोकन प्रणालिको उपयुक्त विकल्प नभएको भन्दै चेकजाँच सरलीकृत र एकीकृत गराउन भने आफूले पहल गर्ने बताए ।

पासाङ्ल्हामु राजमार्गको लारानी क्षेत्रमा रातको समयमा पनि निर्बाध सवारी चलाउन नपाउँदा परेको कठिनाईप्रति आफू जानकार रहेको भन्दै न्यौपानेले धेरै लामो छलफल पछि अहिले राती ११ बज सम्म सवारी सञ्चालनमा आएको बताए । एक दिने पासको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीको हैसियतले आफुले परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, चिनियाँ दूतावास लगायत सबै सरोकारवाला निकायहरुसँग कुराकानी गरीरहेको जानकारी गराउँदै उनले भन्सारमा चाहिने स्क्यान मेसिनलगायतका अन्य अत्याधुनिक मेसिनहरु नहुँदा भन्सार कार्यमा ढिलाई भएको स्विकार गर्दै भन्सारलाई अन्तराष्ट्रिय मापदण्डको बनाउनु पर्ने बताए ।

न्यौपानेले हाल दैनिक ३० देखी ४० वटा कन्टेनरहरु केरुङ प्रवेस भईरहेकोमा त्यसलाई बढाएर दैनिक १०० देखी १२० सम्म पु¥याउन चिनियाँ पक्षसँग अनुरोध गरिएको समेत जानकारी दिए । यद्यपी उनले टोकन प्रणाली भने खारेज गर्न नसकिने प्रष्ट पारे ।

यस अघी शनिबार कालिकास्थानमा कन्टेनर व्यवसायीहरुको बृहत भेलाले माधव लामिछानेको संयोजकत्वमा ११ सदस्यीय नाका व्यवस्थापन समन्वय समिति निर्माण गरी जिल्ला प्रशासन कार्यालय र प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्रमार्फत ध्यानाकर्षण गराउने र समस्या समाधान नभए दोस्रो चरणमा आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने निर्णय गरेको जानकारी दिएका थिए ।

Comments

comments