रसुवागढी नाका व्यवस्थित गर्न टोकन प्रणाली सुरु गर्ने सूचना

tokan

०७३ मंसिर ११ गतेदेखि लागू टोकन सिस्टमले रसुवागढी नाका तथा पासाङल्हामु राजमार्गमा अब्यवथित सडक ब्यवस्थापन गर्ने कार्य सुरु भएको छ ।

अत्याधिक सवारीको चाप बढेर दुर्घटनाको जोखिम बढेपछि ट्राफिक व्यवस्थापनका लागि टोकन सिस्टम सुरु गरिएको हो । टोकन सिष्टमले केरूङबाट सामान बोकेर आएका कन्टेनरमध्ये ५० वटा कन्टेर मात्र नेपाल भित्रन पाउने छन् भने सामान लिन केरूङ जान लागेका ५० वटा खाली कन्टेनर रसुवागढीबाट केरूङ तर्फ जान पाउने छन् ।

रसुवाको विभिन्न तीन स्थानमा रहेको प्रहरी चौकीबाट टोकन वितरण हुनेछ । वेत्रावती, स्याफ्रु र रसुवागढी स्थित प्रहरी चौकीबाट टोकन वितरण गर्ने प्रक्रिया सुरु भएको प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले बताउनुभयो । नाकामा कम चाप भएमा सय भन्दा बढी मालवाहक कन्टेनर प्रवेश गर्न पाउने छन् ।

टोकन सिस्टम सुरु भएसँगै रसुवागढी नाकामा दैनिक एकसय मालवाहक कन्टेनर मात्र चलाउन पाइने प्रहरी नायव उपरिक्षक प्रसाईले बताउनुभयो । अन्तर्राष्ट्रिय व्यापारिक नाका अव्यवस्थित भएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय रसुवाले टोकनको प्रक्रिया अघि बढाएको हो । नाकामा अत्याधिक सवारी साधनको चापले गर्दा ट्राफिक व्यवस्थापन गर्न कठिनाई हुने, सवारी साधनको निश्चित पार्किङ स्थान नहुँदा नाका अव्यवस्थित हुने तथा रसुवागढी जलविद्युत आयोजनाको काम सुरु हुन लागेकोले ट्राफिक व्यवस्थापन गर्न मालवाहक कन्टेरका लागि मंसिर ५ गतेबाट नै टोकन सिस्टम लागु गर्न खोजिएपनि टोकन नआइपुग्दा ढिलाई भएको हो । सिस्टम सुरु भएका कारण हिडिसकेका कन्टेनर करिप पाँच सय सय भन्दा बढी मालवाहक कन्टेनर रोकिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाका अनुसार वेत्रावतीदेखि धुन्चेसम्म २ सय ५०, धुन्चेदेखि स्याफ्रुसम्म १ सय ५० र टिमुरेमा २ सय भन्दा बढी मालवाहक कन्टेनर सडकमा रोकिएपछि गाडी सञ्चालनमा समस्या आएको छ । चीनको केरूङ तर्फ सडक मर्मतको काम भैरहेकाले केरूङ जानका लागि तयारीमा रहेका पाँच सय वटाभन्दा बढी कन्टेनर रसुवाखण्डमा रोकिएका हुन् ।

सवारीको चापका र सडकको कमजोर अवस्थाका कारण बढ्दो दुर्घटना न्युन गरी सवारी साधन ब्यवस्थित गर्न टोकन वितरण गर्दा लोड गाडी, निमार्णको सामाग्री बोकेका तथा सामाग्री बोकेर चीन जान लागेका मालवाहक कन्टेनर प्राथामिकतामा राखेर वितरण गरिने प्रहरी नायव उपरिक्षक प्रसाईले बताउनुभयो । ‘रसुवामा सवारीको उच्च चाप रहेको छ, व्यवस्थापनको लागि एक साता लाग्छ’ प्रसाइले भन्नुभयो ।

शनिबारबाट दैनिक ५० वटा मालवाहक कन्टेनर चीन तर्फ जाने भएका छन् । चिनिँया पक्षले दैनिक ५० वटा सवारी साधन सञ्चालनका लागि अनुमति प्रदान गरेको छ । त्यसैगरि यस राजमार्गमा सवारीको चाप बढेसँगै दुर्घटनाको जोखिम समेत बढेको छ । जिल्ला प्रहरी कार्यालय रसुवा अनुसार आर्थिक वर्षको पहिलो चार महिनामा १७ वटा सवारी दुर्घटना भएको छ । १० वटा मालवाहक कन्टेनर, दुई ओटा ट्रक, तीन वटा मोटरसाइकल, एउटा जिप र एउटा ट्रिपर दुर्घटना भएको हो । दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । १० भन्दा बढी कन्टनेर रसुवाखण्डमा पल्टिएका छन् । यो नाकाले भारतले नेपालमा लगाएको नाकाबन्दीमा चार्चा पाएको थियो भने तातोपानी भन्सारतर्फबाट सवारी आवागमन रोकिएपछि यो नाकामात्र नेपाल चीन जोडने चालु नाका भएको छ ।

रसुवागढीदेखि चीनको केरुङसम्म जाने सडक मार्गका विभिन्न स्थानमा बाटो मर्मत गर्ने कार्य भईरहेकोले सवारी आवागमन नियमित हुन केही समय लाग्ने र हाललाई पौष १६ गते तद अनुसार ३१ डिसेम्बर २०१६ सम्म सिमित सवारी साधन मात्र दिनको १०स४५ बजेदेखी १२स१५ बजे सम्म पठाउन तथा भित्र्याउन सकिने भन्ने चिनिया प्रहरीबाट मौखिक जानकारी प्राप्त भएको र रसुवागढी हाईड्रोपावरको निर्माण कार्य पुनस् शुरू भएकोले अत्याधिक सवारी चापलाई व्यबस्थित गर्न निम्नानुसारका तीन स्थानबाट टोकन प्रणाली लागू गरी सोही अनुसार माल वाहक कन्टेनरको हकमा टोकन प्राप्त कन्टेनर सवारी साधनलाई मात्र आवगमन गर्न दिने व्यवस्था मिलाईएको हुनाले राजमार्गमा पर्ने प्रहरी ईकाईहरुले प्राप्त टोकन निम्नानुसार वितरण गरी सवारी आवगमन लाई प्रभावकारी बनाउने ब्यबस्था मिलाईएकोले जानकारीको लागि अनुरोध ।

टोकन वितरण हुने स्थानहरु     (मालबाहक कन्टेनरलाई मात्र)

१.प्रहरी चौकी बेत्रावती, रसुवा

  • धुन्चे, स्याफ्रु हुदै रसुवागढी जाने ठूला कन्टेनर सवारी साधनलाई टोकन वितरण गर्ने ।
  • निकासी मालसामान लोड गरेको सवारी साधनलाई प्राथमिकता दिने ।
  • बीचमा सामान झार्ने र फर्कने सवारी साधनलाई टोकन दिन नपर्ने ।
  • बेत्रावतीबाट बुझेको टोकन प्रहरी चौकी स्याफ्रुमा बुझाई नाम लेखाई गढी सम्मको अर्को टोकन लिन जानकारी गराउने ।
  • प्रहरी चौकी स्याफ्रुले टोकन दिई बेत्रवति आएका सवारी साधनको नाम लेखी टोकन बुझ्ने ।
  • सडकमा पार्किङ गर्न नदिने र गरेर राख्ने सवारी साधनलाई ट्राफिक प्रहरीले नियम बमोजिम कारबाही गर्ने ।

२.प्रहरी चौकी स्याफ्रुबेशी रसुवा

  • वेत्राबतीबाट टोकन लिई आएका सवारी साधनलाई निजहरु संग टोकन बुझी रसुवागढी सम्मको अर्को टोकन दिई प्रत्येक २/२ घण्टामा  १०/१० वटा गरी सवारी साधनहरु गढी तर्फ छाडने (प्रत्येक १२ मिनेटमा १ सवारी साधन)
  • निकासी मालसामान लोड गरेको सवारी साधनलाई प्राथमिकता दिने ।
  • बीचमा सामान झार्ने र फर्कने सवारी साधनलाई टोकन दिन नपर्ने
  • गढीबाट टोकन लिई आएको सवारी साधनबाट टोकन लिई बेत्राबतीको लागि अर्को टोकन दिई सवारी साधन छाड्ने ।
  • सडकमा पार्किङ गर्न नदिने र गरेर राख्ने सवारी साधनलाई ट्राफिक प्रहरीले नियम बमोजिम कारबाही गर्ने ।

३.प्रहरी चौकी रसुवागढी रसुवा

  • केरुङबाट आएका सवारी साधनलाई टोकन दिने ।
  • चाडै भन्सार हुने फलफूलका गाडीलाई टोकन दिई गढीमा नै पार्किङ गर्ने व्यवस्था मिलाउने ।
  • अन्य रेडिमेड लगायतका गाडीलाई भन्सार यार्डमा पठाउने ।
  • सडकमा पार्किङ गर्न नदिने र गरेर राख्ने सवारी साधनलाई ट्राफिक प्रहरीले नियम बमोजिम कारबाही गर्ने ।
  • स्याफ्रुबाट आएका सवारी साधनको टोकन बुझ्ने ।
  • टोकन भएका सवारी साधनलाई मात्र केरुङ तर्फ जान दिने ।

Comments

comments