रसुवागढी सडक आयोजनाकाे प्रगती बारे छलफल

5ff6f7a4a5a75_bhautik_mantralya_meeting

नेपाल र चीन जोड्ने प्रमुख नाकाको रुपमा विस्तार भइरहेको गल्छी मैलुङ स्याफ्रुवेशी रसुवागढी सडक आयोजनाको पछिल्लो प्रगती बारे छलफल भएको छ । उक्त विषयमा आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबारमा छलफल भएको हो । गाेरखापत्र अनलाइनमा समाचार छ ।

छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्ग, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेल, प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलिया, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्र श्रेष्ठ, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा लगायत सहभागी रहनु भएको थियो ।

८२ किलोमिटर लामो उक्त सडक तीन खण्डमा विस्तार भइरहेको छ । आयोजनाको हालसम्मको प्रगती बारे आयोजना प्रमुख नारायणदत्त भण्डारीले प्रस्तुती गर्नु भएको थियो ।5ff6f7a4a5a75_bhautik_mantralya_meeting

Comments

comments