रसुवाबाट नेकपाको प्रदेश कमिटीमा काे काे परे ? (नामावली सहित)

nepal communist party

रसुवा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटी सदस्यहरुको नाम सार्वजनिक गरेको छ ।

गत बुधबार बसेको सचिवालय बैठकले सातै प्रदेशमा प्रदेश कमिटीलाई पूर्णता दिएपछि नेकपाले आज नामावली सार्वजनिक गरेको हो ।

नेकपाले सार्वजनिक गरेको नामावलीमा रसुवा जिल्लाबाट ९ जना प्रदेश कमिटीमा परेका छन् । २१७ सदस्सीय ३ नं प्रदेश कमिटीमा तत्कालीन नेकपा (एमाले)बाट १ सय १६ जना र तत्कालिन नेकपा (माओवादी केन्द्र)बाट १ सय १ जना रहेका छन् ।

रसुवा जिल्लाबाट ३ नम्बर प्रदेश कमिटीमा मनोनित भएका ९ जना मध्ये ५ जना तत्कालिन एमालेका तर्फबाट र  ३ जना तत्कालिन माओवोवादी केन्द्रका तर्फबाट परेका छन् । एकजना भने नयाँ शक्ति बाट वाम गठबन्धनमा प्रवेश गरेका नवप्रवेशी रहेका छन् ।

यी हुन् रसुवाबाट ३ नम्बर प्रदेश कमिटीमा परेका प्रदेश सदस्यहरु

१) कर्णेल लामा (तत्कालिन एमाले)

२) अशोक कुमार घिमिरे (तत्कालिन एमाले)

३) छेवाङ तेन्जिङ तमाङ (तत्कालिन एमाले)

४) कुलप्रसाद भट्ट (तत्कालिन एमाले)

५) सरिता रिजाल लम्साल (तत्कालिन एमाले)

६) इन्द्र प्रसाद गौतम ‘जगतजङ’ (तत्कालिन माओवादी केन्द्र)

७) माधव लामिछाने ‘समीर’ (तत्कालिन माओवादी केन्द्र)

८) मेधनाथ घिमिरे ‘प्रभाकर’ (तत्कालिन माओवादी केन्द्र)

९) तेम्ब्रेल तमाङ (तत्कालिन नयाँ शक्ति पार्टी)

Comments

comments