रसुवाबाट सुत्केरी हुन नसकेकी एक महिलाकाे उद्वार

93189916_535247230525269_3051727761644191744_n

रसुवा, प्रसव पीडाले २४ घण्टादेखि छटपटिएकी रसुवाकाे गाेसाँइकुण्ड गाउँपालिका -५ की एक महिलालाइ राष्टपति महिला उद्वार कार्यक्रमबाट उद्वार भएकाे छ ।

सुत्केरी हुन नसकेकाे अवस्थामा गाेसाँइकुण्ड गाउँपालिका ५ की २७ वर्षीया छिरिङ तामाङ लगातार २४ घन्टादेखि प्रसव ब्यथा लागेर बच्चा जन्माउन नसकेको गोसाँइकुण्ड गाउँपालिका -५ ठूलोस्याफ्रुबाट उद्वार गरी प्रसुति अस्पताल थापाथलि  लगिएकाे हाे । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमार्फत राष्ट्रपति महिला उद्दार कार्यक्रमबाट सुत्केरी हुन नसकेकाे महिलाकाे उद्वार गरिएकाे गाेसाँइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनूर्पु तामाङले बताउँनुभयाे ।

हालसम्म एक सय आमा र जन्मिएका बच्चा सहित दुइ सय  भन्दा बढीको जाेखिममा ज्यान बचाउन सफल भएकाे केही  जुम्ल्याहा र एक जनाले तिम्ल्याहा जन्म भएकाे महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका राष्ट्रपति महिला उत्थान शाखा प्रमुख तथा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवति र सुत्केरीको हवाइ उद्वार फोकल पर्सन अन्जु ढुङ्गानाले बताउँनुभयाे ।

Comments

comments