रसुवामा उत्थानशील नेपाल परियोजना सुरु

cropped-lantang-logo-1.png

रसुवा, माघ ९ गते

रसुवाको दुई गाउँपालिकामा उत्थानशील नेपाल परियोजना अन्तर्गत दुईवटा कार्यक्रम सुरु भएको छ । जिल्लाको कालिका गाउँपालिकाको  २  वडा तथा उत्तरगया गाउँपालिकाको २ वटा  वडामा कार्यक्रम सुरु गरिएको हो ।

उत्तरगया गाउँपालिकामा स्थानीय साझेदार संस्था दिगो उद्यम तथा वातावरण विकास समाज र कालिका गाउँपालिकामा जनजागृति महिला समूहले कार्यक्रम सञ्चालन गर्नेछन् । दाता क्रिश्चियन एड्को आर्थिक सहयोगमा परियोजना सुरु गरिएको हो । दुबै कार्यक्रमको अवधि २ वर्ष रहने छ । सिड्सले उत्तरगयाको दुईवटा वडामा रहेका विपन्न वर्ग लक्षित जिवीकाेपार्जन कार्यक्रम सञ्चालन हुने छ भने समूहले कालिकामा शिक्षा, बालबालिका, किशोरी लक्षित कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । कार्यक्रम  चाँढै सुरु हुने दिगो उद्यम तथा वातावरण विकास समाज रसुवाकी सामाजिक परिचालक विजया तिवारीले बताइन् ।

Comments

comments