रसुवा, असार १५ गते । जिल्लामा कोभिड–१९ सङ्क्रमण जोखिम कायम रहेको भन्दै जिल्लास्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले असार १५ गतेदेखि असार २१ गतेसम्मका लागि निशेध आदेशको अवधि थप गरेको छ ।
कोभिड–१९ का सङ्क्रमित नघटेकाले निषेध आदेशलाई आगामी सात दिनसम्मका लागि निरन्तरता दिने निर्णय गरिएको प्रमुख जिल्ल अधिकारी इश्वरी ढकालले बताउनुभयो । त्यसै गरी कोभिड–१९ को सङ्क्रमणलाई नियन्त्रण गर्न भन्दै जिल्ला प्रशासन कार्यालयले नुवाकाेटले आठौँ पटक जिल्लामा १० दिनको लागि निषेध आदेशको अवधि थप गरेको छ । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले असार १५ गते जारी गर्नु भएको आदेश असार २५ गते राति १२ बजेसम्म कायम रहने जनाइएको छ । जिल्लामा गत वैशाख २१ गतेबाट निषेध आदेश जारी छ । असार १५ गतेको तथ्याङ्क अनुसार जिल्लामा ७ सय ४६ जना सक्रिय सङ्क्रमित रहेका छन् । जिल्लामा ३५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको तथ्याङ्क छ ।
Related Posts
- स्थानीयले गरे सान्जेन जलविद्युत कम्पनीकाे कार्यालय तोडफोड
- गाेसाइकुण्ड मेला सम्पन्न १० हजार भक्तजनले मेला भरे
- एमाले कार्यकर्ता प्रशिक्षण सम्पन्न
- बनुवाडाडाँ नजिकै पहिराे जाँदा पासाङ ल्हामुमार्ग अवरूद्ध, धेरै खेती बगायाे
- मृत्यु संस्कारमा मदिरा प्रयोग नगरे वडा कार्यालयले नगद प्रदान गर्ने
- स्कुल अफ व्युटीसियन आइटिसीको १९ औं बार्षिकोत्सव भव्यताको साथ सम्पन्न