रसुवामा कोरोना संक्रमितको २ सय ३७

Corona virus

रसुवामा काेराेना भाइरस ( काेभिड-१९) संक्रमितको संख्या २ सय ३७ पुगेको छ । सोमबार २१ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या २ सय ३७ पुगेको हो ।

स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा ६, कालिकामा १ सय ८१, उत्तरगयामा ४६, आमाछोदिङ्‍मोमा ३ र नौकुण्डमा १ जना रहेका छन् । संक्रमितहरूमध्ये ६ जना संस्थागत र २ सय ३१ जना होम आइसोलेसनमा बसेका छन् । कार्यालयकाे तथ्यांकले कालिका गाउँपालिकामा धेरै संक्रमित देखाएकाे छ ।

रसुवामा हालसम्म ८ सय ९२ जनामा कोरोना पुष्टि भएको थियो । जसमा ६ सय ५४ जना निको भएका छन् । जिल्लामा हालसम्म ३ हजार २ सय ८६ वटा स्वाव संकलन गरिएकोमा २ हजार ३ सय ९४ नेगेटिभ र ८ सय ९२ पोजेटिभ आएको थियो ।

Comments

comments