रसुवामा खुकुरी प्रहारबाट एक गम्भीर घाईते

रसुवा, जेठ ५ – रसुवाको गोसाईकुण्ड गाउँपालिका स्थित स्याफ्रुमा खुकुरी प्रहारबाट एक जना गम्भिर घाईते भएका छन् । गम्भिर घाईते हुनेमा गोसाईकुण्ड गाउँपालिका वडा ५ का बर्ष २५ का फुर्पुसाङबो घलेले बताए ।

खुकुरी प्रहारबाट टाउँकोमा गम्भिर चोट लागेका घलेको जिल्ला अस्पताल धुन्चेमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौ स्थित ग्रान्डी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउसो दुई जनाको संख्यामा आएका स्थानिय युवाले घलेलाई खुकुरी प्रहार गरि फरार रहेको प्रहरी निरिक्षक धुब्र सिलवालले बताए । स्थानिय तहको चुनावको बिषयलाई लिएर खुकुरी प्रहार गरेको हुन सक्ने प्रहरीले जनाएको छ । घटनामा संलग्न हुने व्यक्ति लाई स्याफ्रु प्रहरी चौकि असई मधुकान्त खड्काले नियन्त्रणमा लिईसकेपछि पनि प्रहरी चौकिबाट भगाएकाले जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलिले असईलाई अनुसन्धानका लागि सदरमुकाम ल्याईएको छ ।

खुकुरी प्रहारमा संलग्न व्यक्तिलाई प्रहरी चौकिबाट भगाएको भन्दै प्रहरी चौकिमा स्थानिय बासिले घेराबन्दी गरेका छन् । खुकुरी प्रहारमा संलग्नलाई भगाएको भन्दै स्थानीयले एउटा मोटरसाईकलमा समेत आगजनि गरेका छन् । स्याफ्रुको अवस्था अहिले तनाबपूर्ण रहेको छ । घटनास्थलमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

Comments

comments