रसुवामा ट्रेड युनियनमा लामिछानेको नेतृत्व

Magdur

रसुवा, १८ फागुन । एनेकपा माओवादी निकटको अखिल नेपाल ट्रेड युनियन महासंघ, रसुवाको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । रसुवाको धैबुङ कालिकास्थानमा एमाओवादी निकट मजदुर मजदुरहरुको भेलाले प्रथम जिल्ला सम्मेलन  पछि
दिनेश लामिछानेको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।

सम्मेलनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै संगठनका केन्द्रीय उपमहासचिव तथा अखिल नेपाल यातायात मजदुर संगठनका केन्द्रीय अध्यक्ष जगतबहादुर सिंखडाले मजदुर मुक्तिको लागि सम्पूर्ण श्रमिकहरु एक भएर संघर्षमा उत्रिनुपर्नेमा जोड दिए ।

‘नयाँ संविधान बनिसकेको सन्दर्भमा अब समाजवादसम्मको यात्रामा मजदुरको भूमिका महत्वपूर्ण हुन्छ’ उनले भने, ‘आफ्नो हक अधिकार प्राप्तिको संघर्षलाई अब समाजवादको यात्रासँग जोडेर अगाडि बढ्नुपर्छ ।’

Comments

comments