रसुवामा थप एक जना संक्रमित भेटिए

korona

रसुवामा एक जना काेराेना भाइरस (काेभिड १९) संक्रमण भेटिएकाे छ । यस अघि १३ जनाका संक्रमण भेटिएकाे छ ।

प्लान्ट क्वारेन्टिन कार्यालय टिमुरेमा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनअघि चितवन गएर कार्यालय फर्किएका उनलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । उनलाइ धुन्चेमा रहेकाे  अाज अाइसाेलेसनमा राखिएकाे छ ।

स्याफ्रु–रसुवागढी सडक अवरुद्ध भएका कारण उनी कार्यालय पुग्न भ्याएका थिएनन् । उनी स्याफ्रुमा रहेको एक होटलमा बसेका थिए । उनी बसेको होटल सिल गर्ने तयारी भएको छ । उनी सहित जिल्लामा १४ जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमितमध्ये १२ जना निको भएर घर फर्किसकेका छन् । कार्यालयका अनुसार जिल्लाको नौकुण्ड गाउँपालिकामा ९, उत्तरगयामा ३ र कालिकामा १ जनामा कोरोना पोजेटिभ देखिएको थियो । भने अहिले कोरोना पुष्टि भएका संक्रमित जिल्ला बाहिरका हुन् । उनी

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म २ सय ७२ वटा स्वाब संकलन गरिएको छ । जिल्लामा ३५ शैयाको आइसोलेसन र ३ सय २ शैयाको क्वारेन्टिन रहेको छ । हालसम्म जिल्लामा ४ सय १६ वटा स्वावका नमुना संकलन भएको छ । अब १ सय ४३ वटाको नतिजा आउन बाँकी छ ।

Comments

comments