रसुवामा दुइ हजार ७ सय मतदाता थपिए

140898593_415666856169673_4157176170246587704_n

रसुवा, माघ १२ गते । रसुवामा २ हजार ७ सय ९५ मतदाता थपिएका छन् । आगामी निर्वाचनमा ३५ हजार १ सय १८ मतदाताले मतदान गर्न पाउने छन । ०७४ मंसिरमा सम्पन्न निर्वाचनमा ३२ हजार तिनसय २३ मतदाता थिए ।140898593_415666856169673_4157176170246587704_n

मतदाता नामावली अद्यावधिक (दावी विरोधसमेत) कार्यक्रमको तयारी सुरु भएको छ । आगामी माघ १५ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने जिल्लाका पाँचवटै स्थानीय तहका केन्द्रमा कार्यक्रम सञ्चालन गर्नका लागि तयारी सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी विनिता भट्टराईले जानकारी दिनुभयो । मतदाता नामानवी अवधिमा मतदाताले मतदान केन्द्रमा गएर मतदाता नामावली अद्यावधिक गर्न सक्ने प्रकाशित मतदाता नामावलीको त्रुटि सच्याउने, झुट्टा विवरण दिई नामावलीमा समावेश भएको भए सोको विरुद्धमा उजुरी दिने, कुनै मतदाताको नाम एक भन्दा बढी स्थानमा समावेश भएको भए एक स्थानको मात्र कायम गर्नेलगायतका काम हुने छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि पन्तले सरकारले ताेकेकाे समयमा निवार्चन तयारीमा लाग्नुपनर्ने बताउनुभयाे ।142797933_410652836869855_3483770145524419306_n

०७८ वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभाको सदस्य निर्वाचन हुने भएकाले अद्यावधिक कार्यक्रम सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय रसुवाले गरेको अन्तक्रियामा जनाकारी दिइएको छ । गत पुस ५ गतेसम्मको तथ्यांक अनुसार रसुवामा ३५ हजार १ सय १८ मतदाता छन् । पाँच गाउँपालिका रहेको रसुवामा ४५ मतदान केन्द्र र ३५ मतदान स्थल छन् ।

Comments

comments