रसुवामा पनि ४१ औं सामाजिक सेवा दिवस मनाइयाे

IMG_20200925_155122

रसुवा । ०७७ असोज १० गते । “सामाजिक क्षेत्र राष्ट्रिय गौरव” भन्ने नाराका साथ गैसस महासंघलगायत सामाजिक संघसंस्थाको सहकार्यमा ०७७ असोज ९ गते ४१ औ सामाजिक सेवा दिवस उत्तरगया गाउँपालिकामा सम्पन्न भयो ।IMG_20200925_155122

गैरसरकारी संस्था महासंघ रसुवा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सामुदायिक विकास केन्दको संयुक्त आयोजनामा भएको अन्तक्र्रियामा प्रमुख अतिथि उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरुङले सामाजिक सेवा भावले काम गर्ने सामाजिक संघ संस्थाहरुको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले धेरै सामाजिक संघ संस्थाहरुले महिला तथा पछि परेका समुदायको क्षमता विकास तथा अन्य क्षेत्रमा योगदान गरेको बताउँनुभयो । उत्तरगया गाउँपालिका–ं २ डाडागाउँमा झण्डै ७ सय घरधुरीले प्रयोग गर्ने खानेपानी योजना एसिएफ नामक संस्थाको सहयोगमा १३ किमी टाढाबाट पानी ल्याएपनि बितरण लाइन पूरा नहुँदै योजना सकिएको र अहिले ६ महिनादेखि पानी पिउन नपाएको बताउँनुभयो ।

इन्सेकका रसुवा जिल्ला प्रतिनिधी हेमनाथ खतिवडाले समाज सेवामा नागरिकहरूको आकर्षण अनि नयाँ पुस्तालाई समाज सेवाप्रति अभिप्रेरित गर्नका लागि समाज कल्याण परिषदले समाज सेवा दिवस मनाउन शुरु गरेको बताउनुभयो हो । सवै सामाजिक संस्थालाई उही नजरले हेर्न नहुने र सचेत नागरिकले सामाजिक संस्थालाई गुण र दोषका आधारमा थलोमै तोकेर आलोचना र प्रशंष गर्नुपर्ने उहाँले बताउनुभयो ।कार्यक्रममा सहभागी कमला थापामगरले सामाजिक संस्थाले गरेको जिवीकोपार्जन कार्यक्रम दोहोरोपनाको कारण समस्या आएको बताउनुभयो । सहभागीहरुले केही सामाजिक संस्थाहरु दवाव र प्रभावमा परेर सही ढंगले काम गर्न नसकेकोले पहुँच नपुगेको लक्षित वर्गमा कार्यक्रम पु¥याउन सामाजिक संस्थाहरुलाइ शुझाव समेत दिएका थिए ।120026615_641503933230770_8678973644743428116_n

समाज सेवाको क्षेत्रमा कार्यरत विभिन्न गैर सरकारी संस्थाहरुको अनुगमन, मुल्याकंन अनि सुपरिवेक्षण गर्दै आएको सरकारी संयन्त्र समाज कल्याण परिषदले यस वर्ष विभिन्न सरकारी, गैरसरकारी अनि अन्य संस्थाहरुको उपस्थितीमा असोज ६ गते समाज सेवा दिवस मनाउने गरेको र यसवर्ष साता व्यापी रुपमा मनाइएको गैरसरकारी संस्था महासंघका अध्यक्ष विनोद लामिछानेले बताउनुभयो ।

२०३४ सालमा समाज कल्याण परिषद स्थापना भएको दिवस पारेर यस दिवस मनाउन थालिएको हो । सामाजिक सेवा दिवसको सबैलाई शुभकामना दिंदै उहाँले सामजिक संस्थाहरुले क्षमता विकास, मानवअधिकारको रक्षा तथा सामाजिक न्याय र सेवाको काम गरेको लामिछानेले बताउनुभयो । गैरसरकारी संस्था र यसमा आवद्ध समाजसेवीहरुको मनोवल बढाउन र यस क्षेत्रमा लाग्न अभिप्रेरित गर्न एवम् सामाजिक क्षेत्रमा भए गरेका क्रियाकलापहरुलाई आम जनमानसमा पारदर्शि तवरले गरिरहेको सामुदायिक विकास केन्द्रका कार्यक्रम अधिकृत राजु आचार्यले बताउनुभयो । सहभागीहरूले केही सामाजिक संस्थले दवाव र प्रभावमा परेर काम गरेकाे, जिवीकाेपार्जन कार्यक्रममा दाेहाेराेपना समेत देखिएकाे गुनासाे गरे ।  सिड्स रसुवाका सुआहारा कार्यक्रमकी सुन्तोषी पौडेल, स्वयकस रसुवाका अध्यक्ष गायत्री रिमाललगायतले आफ्नो धारणा राख्नुभयो ।

Comments

comments