रसुवामा प्याराग्लायडिङ सफल परीक्षण

65087116_2370954313193808_7503115271188512768_n

रसुवा , पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले गोसाँइकुण्ड गाउँपालिका -५ ठूलोस्याफ्रमा परीक्षणका रुपमगलाा प्याराग्लायडिङ सुरु गरिएको छ । स्थानीय भुल्दीगाङ प्याराग्लाइडिङ उपभोक्ता समितिको आयोजनाका आज भएको परीक्षण फोप्राङडाडा र दुर्सागाङबाट प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले उद्घाटन गर्नुभयो । कार्यक्रममा गोसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पू तामाङ, कार्यक्रममा ३ वटा प्यारासुट प्याराग्लाइडिङ गरिएको थियो ।

??????????????????????????????????????????????????????????

फोप्राङडाडाबाट ठूलोस्याफ्रुसम्म प्याराग्लाइडिङ गरिएको थियो । कार्यक्रममा गोसाइकुण्ड गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष सिङ्गीढिण्डुप तामाङ, नेकपा जिल्ला अध्यक्ष कन्र्याल लामा , नेपाली काङ्ग्रेस जिल्ला सभापति पेम्बाछिरिङ तामाङ, लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानालगायत सहभागी हुनुहुन्थ्यो ।

पर्यटकीय क्षेत्र दुर्सागाङबाट प्याराग्लाइडिङको सफल परीक्षण गरिएको हो । नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै जिल्लामा पहिलो पटक बिहीबार बिहान साढे ११ बजे पहिलो फ्लाइट गरिएको हो । बिहीबार तीनवटा फ्लाइट गरिएको पाइलट विजय चौलागाईँले बताउनुभयो । दुई हजार दुई सय मिटरबाट उडेर तीन हजार ७ सय मिटर माथिसम्म पुगेको थियो । प्रतिफ्लाइट करिब १२ मिनेट गरिएको थियो ।

गोसाँइकुण्ड पदयात्रामार्गमा पर्ने यस क्षेत्रमा प्याराग्लाइडिङमार्फत पर्यटन व्यवसायमा बृद्धि भई आयआर्जनमा बृद्धि हुने अपेक्षा गरिएको भुल्दीगाङ प्याराग्लाइडिङ उपभोक्ता समिति सचिव दावा तामाङले बताउनुभयो ।65087116_2370954313193808_7503115271188512768_n

Comments

comments