रसुवामा प्रथम उद्योग दिवस सम्पन्न

11111

धुन्चे रसुवा मंसिर ९ / “औद्योगिक क्षेत्रमा लगानी, सम्बृद्धिको सुनौलो विहानी” भन्ने मुल नाराका साथ घरेलु तथा साना उद्योग विकास समिति, रसुवाको आयोजनामा २०७३ साल मंसीर ९ गते प्रथम उद्योग दिवस  सम्पन्न भयो ।

कार्यक्रममा व्यवस्थापिका संसदका सदस्य प्रमुख अतिथी छोवाङ तामाङले परम्परागत रुपमा रहेका उद्यम व्यवसायलाई आधुनिकरणतर्फ उन्मुख गर्नुपर्ने, स्वदेशमा नै रोजगार सृजना हुने कार्यक्रमहरु संचालन गरी सबृद्घ रसुवा निर्माणमा जुट्न सवैमा आग्रह गर्नुभएको थियो । विशेष अथिती प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले स्वदेशीवस्तुहरुको प्रयोगलाई प्राथमिकता दिनुपर्ने र सरकारी तथा गैरसरकारी क्षेत्रको संयुक्त प्रयासवाट स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना गर्दै आफ्नै गाँउघरमा बसी आय आर्जन गर्न सकिने बताउनुभयो ।Gharelu

कार्यक्रमको निमित्त स्थानीय विकास अधिकारी मदनकुमार आलेमगरले सम्पूर्ण उद्यमी व्यवसायीमा सहयोग गर्न जिल्ला विकास समिति तत्पर रहेको बताउनुभयो । साथै आधिकारीक ट्रेड युनियनका अध्यक्ष रमेश बस्नेत, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, नयाँशक्ति नेपालका लछिङ तितुङ, नेकपा एमालेका विजय लामाले रसुवाको औद्योगिक क्षेत्रमा घरेलु कार्यालयले पु¥याएको योगदानको प्रसंशा गर्दै अझ समयानुकुल स्थानीय स्तरमा नै रोजगारी सृजना हुने खालका कार्यक्रम संचालन गर्नु पर्ने धारणा ब्यक्त गर्नु भयो । उक्त कार्यक्रममा सम्मानीत उद्यमी लाङटाङ हाते कागज, ठूलोगाउँका प्रोपाइटर भीमबहादुर तामाङ र रसुवा मेटल वर्कसप धुन्चे प्रोपाइटर योगेन्द्रप्रसाद अगस्तीले मन्तव्य तथा कविता वाचन गर्नुभएको थियो ।

रसुवा जिल्लामा रहेका सफल उद्यमीहरु मध्ये लुक्स हेयर केयर एण्ड व्युटिपार्लर टे«निङ सेन्टर, धुन्चेका प्रोपाइटर गीता श्रेष्ठ, रसुवा मेटल वर्कसप, धुन्चेका प्रोपाइटर योगेन्द्रप्रसाद अवस्थी, कृषि रेम्बो ट्राउट माछा पालन उद्योग, स्याफ्रुका प्रोपाइटर याङजेल तमाङनी, लाङटाङ हाते कागज उद्योग, ठूलोगाँउका प्रोपाइटर भीम बहादुर तामाङ, मनिष टेलर्स, कालिकास्थानका प्रोपाइटर लिला नगर्जी, शोभा टेलरिङ सेन्टर, जिवजिवेका शोभा कुमारी न्यौपाने, राजु एण्ड दावा क्रकिट व्लक उद्योग, लहरेपौवाका प्रोपाइटर राजु स्वाङवा, चिलिमे स्यामा पांगाप उद्योग, चिलिमेका प्रोपाइटर नोरसाङ ग्याल्मो घलेनी, रुद्रगंगा नेचुरल वाटर प्रा.लि., धुन्चेका प्रोपाइटर साङतेम्पा तामाङ, हिमालयन फलफुल प्रशोधन उद्योग, धुन्चेका प्रोपाइटर बाबुराम श्रेष्ठ र छाम्जे होजियारी उद्योग, स्याफ्रुका प्रोपाइट छाम्जे तामाङ समेत ११ जना सफल उद्यमी÷व्यवसायीहरुलाई रसुवाकोे औद्योगिक क्षेत्रको विकासमा उल्लेख्य योगदान पु¥याए बापत नगद पुरस्कार र सम्मान–पत्र प्रदान गरिएको थियो भने प्रथम उद्योग दिवसका दिन आजै यार्सा पिठो मिल उद्योग यार्सा —१ मा संचालन गर्ने गरी दर्ता गरी प्रोपाइटर लालकाजी लांगोरलाई उद्योग दर्ता प्रमाण—पत्र वितरण सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ उद्योग अधिकृत खगेन्द्र नेपालले रसुवा जिल्लामा सञ्चालनमा रहेका जलविद्युुत, मिनरल वाटर, व्लक, होटल एण्ड लज, स्यामा पाङगाप, सिलाई कटार्ई, फर्निचर, ग्रील, होजीयारी, उनी वुनाई, ढाका वुनाई, कुखुरा पालन, मौरी पालन, चौरी पालन, गलैचा, हाते कागज, फलफुल प्रशोधन, व्यूटी पार्लर, डेरी, चिज, रेन्वो ट्राउट, वाँसजन्य, निर्माण, कुटानी पिसानी, गर गहना लगायत हालसम्म ६२७ वटा उद्योग र ३५४ वटा वाणिज्य फर्म दर्ता रहेको र कार्यालयको तर्फवाट पूनर्निर्माण र आयआर्जनमा सहयोग पुग्ने सिप विकास कार्यक्रम र प्रविधि सहयोग, परामर्श सेवा र गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम संचालनमा रहेको जानकारी गराउनु भएको थियो भने उक्त प्रथम उद्योग दिवस धुन्चे गेटबाट विहान औद्योगिक नारा सहित बजार हुँदै जिविस प्राङ्गणमा औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

Comments

comments