रसुवामा फाेटाे पत्रकार महासंघ गठन

fnpj

रसुवा, माघ १० – रसुवामा नेपाल फोटो पत्रकार महासंघको तदर्थ समिति  ०७५ माघ ९ गते गठन भयाे । समितिको संयोजकमा सुशील कोइरला निर्विरोध चयन भएका छन् ।

सहसंयोजकमा बलराम घिमिरे, सचिवमा हिमनाथ देवकोटा, कोषाध्यक्षमा पूर्णिमा स्याङ्बा रहेका छन् । त्यसैगरी सदस्यहरूमा प्रभाकर अधिकारी, सरस्वती न्यौपाने, सहास न्यौपाने, अनु आचार्य र दीपक लामा चयन भएका छन् । नेपाल पत्रकार महासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडा र महासंघका सस्थापक  ज्ञानेन्द्र न्यौपाने समितिको सल्हाकार छन् । नेपाल फोटो पत्रकार महासंघको ३९ औं शाखाकाे रुपमा रसुवा जिल्ला शाखा बिस्तार भएकाे हाे ।

रसुवा सदरमुकाम धुन्चेमा नेपाल पत्रकार महासंघ रसुवा जिल्ला शाखा अध्यक्ष हेमनाथ खतिवडाकाे प्रमुख आतिथ्यता तथा फाेटाे पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष सागर श्रेष्ठ , केन्द्रीय महासचिव हरि रेग्मी , केन्द्रीय सचिव वालकृष्ण थापाकाे उपस्थितिमा भेला सम्पन्न भएकाे हाे । 

Comments

comments