रसुवामा युवाको एलाइन्समा : बिराज तामाङ

मंसिर २१, रसुवा । राष्ट्रिय युवा पुनर्निर्माण सञ्जालले भूकम्प प्रभावपित क्षेत्र रसुवा जिल्लामा विराज तामाङको अध्यक्षतामा ११ कार्यसमिति भएको एलाईन्स निर्माण गरेको छ ।

बैशाख १२ र पटक पटक गएको भूकम्पले क्षतिग्रस्त जिल्लाहरूको स्थालगत अनुगमन तथा पुनर्निर्माण लागेका सञ्जालले १४ जिल्लामा युवा पुनर्निर्माण युवा सञ्जाल बनाउने तयारी गर्दै आएको छ । पुनर्निर्माण तथा पुनःसंरचनामा युवाको सार्थक सहभागीता र युवाको नेतृत्वदायी भूमिका निर्वाह गर्न जिल्ला सञ्जाल विस्तर गरेको सञ्जालका सदस्य भीम लामाले जानकारी दिए ।

सञ्जालका केन्द्रिय सदस्य भीम लामा र प्रतिनिधि विजय शाहको आतिथ्यतामा उक्त कार्यसमति निर्माण गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा जुना न्यौपाने, सचिव विष्णु प्रसाद न्यौपाने, सहसचिव सुशिल नगरकोटी, कोषाध्यक्षमा पार्वति मोक्तान चयन भएको छ भने सदस्यहरूमा राजु विश्वकर्म,, सोफिया नेपाली, सृष्ट्रि नेपाली, संगीत आर्चाय , अर्जुन तामाङ र ध्रुवा न्यौपानेको कार्यसमिति निर्माण भएको छ ।

rasuwa 2

रसुवाको कालिकास्थानमा भएको विभिन्न क्षेत्रमा आवद्ध युवाहरूको उपस्थितिमा राष्ट्रिय युवा पुनर्निर्माण सञ्जाल रसुवा निर्माण भएको छ ।

Comments

comments