रसुवा । युवाहरुको क्षमता अभिबृद्धी गर्ने उद्धेश्यले रसुवाको कालिकस्थानमा एकदिने युवा नेतृत्व विकास तालिम संचालन गरिएको छ । तालिममा २० देखि ३० वर्ष उमेर समूहका युवाहरुले सहभागिता थियाे ।
तालिमको आयोजना डीआइपिडी (डेनिस इन्स्टिच्युशन फर पार्टीज एण्ड डेमोक्रेसी) नामक संस्थाको सहयोगमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रसुवाले गरेको हो । कार्यक्रममा दिगो विकासका लक्ष्यहरु, लैंगिक समानता, नेतृत्व विकास कला तथा उद्घाेण कला जस्ता युवा मैत्री कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेकपाका बागमती प्रदेश इन्चार्ज तथा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्य सुरेन्द्र मानन्धर, रसुवाका इन्चार्ज विमला सुवेदी, नेकपा रसुवाका सचिव इन्द्र गौतमलगायतका नेताहरुको उपस्थिति रहेको थियो । नेकपा कािलका गाउँपालिका कमिटी इन्चार्ज अर्जुन देवकाेटा, पार्टी स्कुल विभाग प्रमुख उद्दव रिजाल, कालिका गाउँपालिका अध्यक्ष सीतादेवी अधिकारी, उपाध्यक्ष भवानी न्याैपाने, नौकुण्ड गाउँपालिका उपाध्यक्ष सिर्जना लामालगायतका जनप्रतिनिधिहरुले पनि कार्यक्रममा सहभागी थिए ।उपस्थित युवाहरुलाई राजनीतिप्रति प्रेरित गराउने उद्धेश्यले बागमती प्रदेश इन्चार्ज शाक्यको जीवनीसँग सम्बन्धित वृत्तचित्र समेत देखाइएको थियो । युवापुस्ता राजनीति प्रति नकारात्मक बन्दै गैरहेका बेला यस्ता तालिमले उनीहरुलाई राजनीतिमा जागरूक बनाउन सहयोग पुग्ने तालिमका सहभागीहरुले विश्वास व्यक्त गरे।डेन्मार्कका राजनीतिक पार्टीहरुसँगको सहकार्यमा विगत केही वर्षदेखि प्रमुख राजनीतिक दलहरु सम्मिलित उच्च राजनीतिक तहबाटै यस्ता कार्यक्रमहरुमा सहभागिता हुँदै आएको छ । करिव ६ महिना अगाडिदेखि सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टीको तर्फबाट ७/७ जना गरि जम्म २८ जना युवाहरुले कार्यक्रममा सहभागिता जनाइरहेका छन् । ती २८ जना युवाहरुलाई करिव २ वर्ष निरन्तर असल शासन तथा वैचारिक राजनीति सम्बन्धी अभ्यास गराउने जनाइएको छ ।राजनीतिप्रति युवापुस्ताको अग्राधिकार सहित नयाँ पिढीलाई जनपक्षीय हितमा प्रोत्साहन गराउनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको कार्यक्रमका व्यवस्थापक तथा विद्यार्थी नेता अर्जुन न्यौपानेले जानकारी दिए ।