रसुवामा युवा संघद्वारा वृक्षारोपण

Youth

रसुवा, साउन ३ गते ।  नेपाल कम्यूनिष्ट पार्टी एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले कालिका गाउँपालिका -२ कालिकास्थानमा स्थित कालिका हिमालय उमावि तथा कालिका मन्दिर परिषरमा वृक्षारोपण गरेको छ । युवा संघले देशव्यापी आयोजना गरेको कार्यक्रम अन्तर्गत आईतबार विभिन्न प्रजातिका ४ सय  वटा बिरुवा रोपिएका छन् ।Youth Rasuwa

कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय महासचिव रमेश आचार्यले प्राकृतिक सम्पदा तथा वन्यजन्तुको संरक्षण गर्नु असल व्यक्तिको कर्तव्य रहेकाले मुलुकका पर्यटकीय तथा विद्यालय अनि खुला क्षेत्रमा उदाहरणीय तवरले सबैले देख्ने र भोग्ने गरी काम अघि बढ्नु पर्ने बताउनुभयो । कार्यक्रमलाई स्वागत गर्दै युवा संघ नेपाल केन्द्रीय सचिवालय सदस्य दावापेम्बा तामाङ वृक्षारोपण कार्यले वातावरण , गाँउ समाजलाई सौन्दर्य बनाउनाका साथै हरियाली बढाउने र प्राकृतिक संरक्षणमा सहयोग मिल्ने बताए ।

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीयको असार १८ देखि साउन ७ गतेसम्म बृहत राष्ट्रिय बृक्षरोपण कार्यक्रम २०७८ अन्तरगर्त रसुवाका सवै स्थानीय तहमा केही दिन भित्रै ४/५ हजार विरुवा वृक्षारोपण गर्ने लक्ष्य आईतबार कालिका गाँउपालिकाका कालिकास्थानमा चाँप, कपुर, सिसौ , सल्ला, कागती, सिसौ, र तेजपत्ताका ४ सय वटा बिरुवा राेपण गरिएको युवा संघका जिल्ला कमिटी अध्यक्ष महेन्द्र न्याैपाने जानकारी दिए ।

वृक्षारोपण कार्यक्रममा युवा संघका नेपालका केन्द्रीय महासचिव रमेश आचार्य, सचिव एवं बागमति प्रदेश संगठन कमिटी अध्यक्ष प्रकाश गौतम, सचिवालय सदस्य समुन्द्र तिमिल्सिना, बागमती प्रदेश सभा सदस्य  शान्ति थिङ, नेकपा (एमाले) जिल्ला सचिवालय तथा कालिका गाउँपालिका उपाध्यक्ष सदस्य भवानीप्रसाद न्यौपाने, कालिका गाँउपालिका अध्यक्ष सिताकुमारी अधिकारी, एमाले जिल्ला नेताहरू, वर्गिय संगठनका नेताहरू सहभागी थिए । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालय सदस्य दावापेम्बा तामाङ, अर्जुन न्यौपाने, केन्द्रीय सदस्यहरू दिपक लामा, राेशन लामा तथा स्थानीय नेता कार्यकर्ताको सहभागितामा बृक्षारोपण गरिएको हो । कार्यक्रम युवा नेता तथा नाैकुण्ड गाउँपालिका उपाध्यक्ष सिर्जना लामाले सञ्चालन गर्नुभएकाे थियाे ।

कार्यक्रममा नौकुण्ड गाँउपालिकाका नेपाली कांग्रेस पार्टी रसुवाका सक्रिया युवा विनय लोप्चान र दावाछिरिङ थोक्रालाई प्रमुख अतिथिले एमाले प्रबेश गरे । नवप्रवेशीहरूलाइ युवा संघका नेपालका केन्द्रीय महासचिव रमेश आचार्यले खादा लगाएर स्वागत गरेका थिए । त्यसैगरी उपस्थित सबै नेता कार्यकर्ता सहित कालिकास्थान घुम्तीदेखि कालिका हिमालय क्याम्पस आगडीसम्म सर्वोच्च अदालतको असंबैधानिक फैसलाविरुद्ध राँके जुलुस सहित प्रर्दशन गर्नुका साथै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पुत्ला दहन गरिएको थियाे ।

Comments

comments