रसुवामा ल्वोसारको रौनक

27017266_10214009351323795_2075276750_o

रसुवा , यस वर्ष २८५४ औं सोनम  ल्वोसार रसुवाका बिभिन्न गाउँमा रहेका तामाङहरुले आफ्नो मौलिक तथा परम्परागत रुपमा मनाउँदै आएको रौनकताका साथ ल्वोसार पर्व मनाए । 27046757_10214009332083314_2025700268_o (2)

तामाङ भाषामा ल्वो भनेको “वर्ष” र “सार” वा “छार” को अर्थ नयाँ भन्ने हुन्छ । यी दुई शव्द मिलेर ल्वोसार शव्द बनेको हो । तर यो जातिले कहिलेदेखि ल्वोसार मान्न थालेका हुन् स्पष्ट छैन । जिल्लाको राम्चे, सरमथली, बेत्रावती लगायतका गाउँ गाउँमा ल्वोसार पर्व रौनकताका साथ मनाइएको छ । फिकुरी वाङफेल सोसाईटीको आयोजनामा उत्तरगया गाउँ पालिकाको बोगटीटारमा रहेको बिस्थापित क्याम्पमा भएको कार्यक्रममा प्रमुख अतिथि उत्तरगया गाउँ पालिका अध्यक्ष उपेन्द्रराज लम्सालले बिस्थापितहरुको बस्ती सुरक्षित स्थानमा स्थानान्तरण प्रक्रिया सुरु भएकोले अब चाँढै सवैले खुशीसाथ आफ्नो घरमा बस्न पाउने बताउनुभयो ।Parchang

ल्वोसरको अवसरमा आयोजित साँस्कृतिक कार्यक्रम तथा भलिबल प्रतियोगीतामा पुरस्कार बितरण गर्दै लामो समय दुख पाएपनि अब जस्ताको छाप्रामा बसेर दुखी हुनु नपर्ने बताउनुभयो । कार्यक्रममा प्रगतीशील युवा क्लब ए प्रथम, फिकुरी वाङफेल सोसाईटी द्धितीय र प्रगतिशील युवा क्लव बी तृतीय भएका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधी , स्थानीय बुद्धिजीविहरु,शिक्षक सहभागी थिए । त्यसै गरी आरुखर्क युवा समाज नौकुण्ड-१, रसुवाद्वारा आयोजित जिल्ला स्तरीय भलिबल कार्यक्रम तथा २८५४ औं सोनम ल्होसार कार्यक्रममा प्रतिनिधी सभा सदस्य मोहन आचार्य सहभागी हुनुभयो।

रसुवाली पा¥च्याङ यसवा क्लबको नौकुण्ड गाउँ पालिका ३ मा आयोजनामा भएको ल्वोसार बिशेष कार्यक्रम 

26734091_1994037170922181_5332137800764093200_n

पुरस्कार बितरण गर्दै प्रमुख अतिथि सांसद आचार्य

Comments

comments